Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, बैशाख, २३
मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

पोखरा । मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको मृत्यु भएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जोमसोमस्थित अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका मुस्ताङ प्रहरीले जनाएको छ ।

मुस्ताङमा वैशाख महिनामा मात्रै लेक लागेर मृत्यु हुनेको सङ्ख्या ३ पुगिसकेको बताइएको छ । मृतकमध्ये धेरै मुक्तिनाथ मन्दिर दर्शनका लागि गएका छन् ।

Top Changing Nepal

युट्युब सट्स