विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
काठमाडौं । देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही खण्डहरूमा यातायात प्रभावित भएको छ ।
कोशी प्रदेशमा भोजपुर, संखुवासभा र इलाममा सडक अवरुद्ध भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा वैशाख १२ गतेदेखि बाढीका कारण बाटो प्रभावित भएको छ । हाल त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
कोशी राजमार्ग अन्तर्गत मकालु गाउँपालिका–३ नयाँबस्तीमा वैशाख २३ गते राति गएको पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । आज बिहान ५ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा आएको छ ।
निरन्तर वर्षाका कारण इलामको सलकपुर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको जानकारी दिइएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला भएर जाने बीपी राजमार्गमा बाढीको जोखिम कायमै छ । यद्यपि यो सडक आजदेखि सञ्चालनमा आएको छ ।
कर्णाली प्रदेशमा सल्यान जिल्लाको सडक खण्डमा सुधार आएको छ । पहिरोका कारण अवरुद्ध भएको सल्ली–चौरजहारी सडक खण्ड (कुमाख–२, खारखोला) आज बिहान ७:४५ बजेदेखि पूर्ण रूपमा सुचारु भएको बताइएको छ ।

सम्बन्धित समाचार
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

