• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ बैशाख २०८३, बिहीबार
२४ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दिउँसोदेखि राति अबेरसम्म ठाउँठाउँमा ट्राफिक चेकजाँच, एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन
  • ६ घण्टा 

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध
  • ७ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
  • २१ घण्टा 

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • २२ घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • २३ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • २. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • ३. १९ वर्षीया युवतीमाथि जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

  • ४. नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट

  • ५. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • ६. आईपीएल : चेन्नाई सुपर किंग्सको शानदार जित

  • ७. ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

  • ८. ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

दिउँसोदेखि राति अबेरसम्म ठाउँठाउँमा ट्राफिक चेकजाँच, एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन

जानकारी केन्द्र २०८३, बैशाख, २५

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुंगालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाएको जनाएको छ।

ट्राफिक नियम उल्लंघन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारीसाधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ। यस अभियानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा खटिएको जनाइएको छ।

ट्राफिक प्रहरी प्रमुख अधिकारीले दिउँसोदेखि राति अबेरसम्म यहाँका विभिन्न स्थानमा पुगेर ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी दिने कार्य गरिरहेका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, सहचालक तथा यात्रु सबैको जिम्मेवारी आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए।

बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व सङ्कलन भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६२, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८८ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८४, निषेधित क्षेत्रमा हर्न बजाउने ३९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ७७, एकतर्फी सडकमा सवारी चलाउने १११ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२ जनालाई कारबाही गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध
यस्तो छ आजको मौसम पुर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

दिउँसोदेखि राति अबेरसम्म ठाउँठाउँमा ट्राफिक चेकजाँच, एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध

यस्तो छ आजको मौसम पुर्वानुमान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.