रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
काठमाडौं । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ग्वार्को ललितपुरले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक लगायत सम्पूर्ण काम गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग सम्झौता भएको हो।
होटललाई आईपीओ निष्काशन गरी एक सूचीकृत कम्पनी बनाउनका लागि आवश्यक तयारी गर्ने, प्राईभेट कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने लगायतका समन्वयकारीरसहयोगी भुमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवा अन्तर्गत ‘रोड टु आईपीओ’ सम्झौता भएको हो।
सो सम्झौतापत्रमा होटलको तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्राण्डका रुपमा रहेको रोयल टुलिप काठमाडौंको नामबाट संचालित द म्यासिफ होटल प्राइभेट लिमिटेड ललितपुर जिल्लाको ग्वार्कोमा रहेको छ । यस होटलमा ३०८ कोठाहरु र सुइट रुमहरु रहेका छन् ।
यस होटललाई नेपालकै सबैभन्दा बढी रुम भएको र सानो ठुलो गरी १० वटा बैठक हलहरु भएको होटलको रुपमा पनि मान्न सकिन्छ । आधुनिक वास्तुकलाले युक्त यो पाँच तारे होटल हो । उच्चस्तरीय सुविधा सम्पन्न ३०८ वटा सुन्दर ढंगले डिजाईन गरिएका कोठाहरु र सुइटहरु यसमा रहेका छन् जुन अत्याधुनिक सुबिधा प्रदान गर्न आधुनिक सुबिधाहरुले सुसज्जित र भरिपुर्ण रहेका छन् ।
लुभावनी दृश्यहरुदेखि व्यक्तिगत सेवाहरुसम्म प्रदान गर्ने यस होटलले ग्राहकहरुको भ्रमणको हरेक क्षणलाई यादगार बनाउन प्रयासरत होटलको आफ्नै अत्याधुनिक हेल्थ क्लब रहेको छ । होटलको इन हाउस रेष्टुरेन्टमा विश्वस्तरीय भोजनको आनन्द लिन सकिन्छ भने होटलमा कायाकल्प गर्ने तथा स्पामा आराम गर्न सकिन्छ साथै होटलको अत्याधुनिक बैठक हलहरुमा कार्यक्रमहरुको आयोजना गर्न सकिन्छ ।
द म्यासिफ होटल (रोयल टुलिप काठमाडौं) को पहिलो प्राथमिकता भनेको आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नुु नै हो भन्ने कम्पनीले जनाएको छ । आफ्नो रमाईलो यात्राको सुरुवात द म्यासिफ होटल (रोयल टुलिप काठमाडौं) बाट गर्न सकिने उत्कृष्ट गन्तव्य रहेको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
