काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
काठमाडौं । काठमाडौँ महानगरपालिका ले संस्थागत (निजी) विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने जनाएको हो ।
विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् । विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । विषयगत अङ्कभार, विद्यालयगत छात्रवृत्ति कोटा, परीक्षा केन्द्रलगायत विस्तृत विवरण वेबसाइटमा उपलब्ध गराइएको महानगरले जनाएको छ ।
छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाइएको छ ।
महानगरपालिकाले शिक्षा ऐन तथा कानुनको कडाइका साथ कार्यान्वयन गरेसँगै छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या हरेक वर्ष उल्लेख्य रूपमा बढ्दै गएको जनाएको छ । महानगरका अनुसार गत शैक्षिक सत्र २०८२ मा मात्रै संस्थागत विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका थिए । कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थी लाभान्वित भएका थिए भने गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२ विद्यार्थीले छात्रवृत्ति सुविधा प्राप्त गरेका थिए ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
