Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, ३१
नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले नयाँ प्रिपेड ई–सिम अब अनलाइनमार्फत लिन सकिने सुविधा सुरु गरेको छ । यससँगै नयाँ ई–सिम लिन सेवाग्राही स्वयं टेलिकम कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको कम्पनीले जनाएको छ ।

सेवाग्राहीले नेपाल टेलिकम मा लगइन गरी ‘Get New Prepaid eSIM’  विकल्पमार्फत आवश्यक विवरण दर्ता गर्न सक्नेछन् ।

त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत शुल्क भुक्तानी गरेपछि ई–सिमको क्यूआर कोड उपलब्ध हुनेछ । उक्त क्यूआर कोड मोबाइलको सेटिङमार्फत स्क्यान गरी ई–सिम सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमका अनुसार यसअघि प्रयोगमा रहेको सिमलाई पनि अनलाइनमार्फत ई–सिममा रूपान्तरण गर्न सकिने सुविधा उपलब्ध छ । साथै नयाँ फिजिकल सिमका लागि फारम भर्ने तथा ग्राहक विवरण (केवाईसी) दर्ता वा अद्यावधिक गर्ने अनलाइन सुविधा पनि सोही पोर्टलमा राखिएको छ ।

Top Changing Nepal

युट्युब सट्स