काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग
काठमाडौं । सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई नगद सहयोग तथा भोजन वितरण गरेको छ।
सहयोग हस्तान्तरण कार्यक्रम प्रिजनर्स असिस्टेन्स नेपालको परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले संस्थालाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गर्नुका साथै २०० बालबालिकाका लागि भोजनको व्यवस्था गरेका थिए। कार्यक्रममा होटलका प्रतिनिधि तथा संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो। यस पहलले समाजबाट प्रायः ओझेलमा पर्ने समुदायप्रति आत्मीयता र ऐक्यबद्धताको भावना झल्काएको थियो।
‘प्रिजनर्स असिस्टेन्स नेपाल’ मुख्यतः कारागारमा रहेका अभिभावकका बालबालिकाको पूर्ण हेरचाहमा समर्पित संस्था हो। संस्थाले ती बालबालिकालाई आवश्यक सहयोग, माया र अवसर प्रदान गर्न निरन्तर काम गर्दै आएको छ। साथै, यो संस्था कारागारलाई बन्दीहरूले भविष्य निर्माण गर्न सक्ने सकारात्मक स्थानका रूपमा विकास गर्ने दिशामा पनि सक्रिय छ। यस्ता सहयोगहरूले बालबालिका र उनीहरूको परिवारमा सम्मान र आशाको भावना पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। नगद सहयोगले संस्थाको सञ्चालन आवश्यकतामा सहयोग पुग्नेछ भने भोजन कार्यक्रमबाट संस्थामा आश्रित २०० बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन्।

यस अवसरमा काठमाडौं मेरियट होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले भने, “कुनै पनि बालबालिकाले आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिका कारण पीडा भोग्न नपरोस्। यी बालबालिकाले जीवनमा धेरै कठिनाइ भोगिसकेका छन्, र उनीहरूलाई सम्मान, हेरचाह तथा राम्रो भविष्यको आशासहित हुर्कने वातावरण सुनिश्चित गर्नु हामी सबैको जिम्मेवारी हो।”
साँचो हस्पिटालिटी होटलको सीमाभित्र मात्र सीमित हुँदैन भन्नेमा काठमाडौं मेरियट होटल विश्वस्त छ। यसले शहरलाई जीवन्त बनाउने मानिस र समुदायप्रति जिम्मेवारी र संवेदनशीलता पनि समेटेको छ। यो सिएसआर पहल सोही विश्वास र समाजका सबैभन्दा संवेदनशील वर्गको जीवनमा सकारात्मक तथा दीर्घकालीन परिवर्तन ल्याउने होटलको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब रहेको बताइएको छ।
काठमाडौँ मेरियट होटल नेपालको अग्रणी लक्जरी हस्पिटालिटी गन्तव्य हो, जुन राजधानीको केन्द्रमा अवस्थित छ। मेरियट इन्टरनेसनलको विश्वव्यापी सञ्जाल अन्तर्गत रहेको यस होटलले अन्तर्राष्ट्रिय स्तरको सेवा र नेपालको संस्कृति, समुदाय तथा नागरिकप्रतिको प्रतिबद्धतालाई एकसाथ अघि बढाउँदै आएको जनाएको छ। सन् २०१९ देखि सञ्चालनमा आएको यो होटल स्वदेशी तथा विदेशी पर्यटक, व्यवसायिक पाहुना र स्थानीय साझेदारहरूको विश्वासिलो गन्तव्य बनेको बताइएको छ।
सम्बन्धित समाचार
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने
नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्स एस आर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
निरन्तर घटेको सुनको भाउ आजभने तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
आज अधिकांश क्षेत्रमा मौसम सफा, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
