१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
विभागका तथ्याङ्कअनुसार कृषिमूलक उद्योगमा सबैभन्दा धेरै २२ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रमा १२ अर्ब ५४ करोड रुपैयाँ तथा सेवामूलक क्षेत्रमा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ ।
त्यसैगरी उत्पादनमूलक उद्योगमा २ अर्ब ७० करोड, पूर्वाधार क्षेत्रमा १ अर्ब ६५ करोड तथा सूचना प्रविधि क्षेत्रमा १ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । वैशाख महिनामा मात्रै ११३ परियोजनामार्फत ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
