• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ जेठ २०८३, बुधबार
१३ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मुस्लिम समुदायले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
  • ६ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
  • ६ घण्टा 

२०८३ जेठ १४ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा
  • २० घण्टा 

अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान
  • २१ घण्टा 

आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’
  • २४ घण्टा 

राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा दैनिक, अब बैंकहरूले हरेक दिन पैसा राख्न पाउने
  • १ दिन 

सुनको मूल्य सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • २. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ३. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ४. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ५. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. २४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

  • १०. एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

मुस्लिम समुदायले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा

जानकारी केन्द्र २०८३, जेष्ठ, १४

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अलीले ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिइएको बताए । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्त्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको उनले उल्लेख गरे ।

पर्वका अवसरमा मक्कामदिना जानु शुभ मानिएअनुसार त्यहाँ जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । मक्कामदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् ।

यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम धमालेले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ ।

यसैकारण कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निःसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका बताइन्छ ।

अल्लाहले सन्तान सुख दिए कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धताअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गर्दा पनि अल्लाह खुसी नभएपछि अन्तिममा आफ्ना सबैभन्दा प्यारा सन्तानलाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका किंवदन्ती छ ।

यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको बताइन्छ । परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ ।

एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ जेठ १४ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव
२०८३ जेठ १३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

मुस्लिम समुदायले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

२०८३ जेठ १४ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.