आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी भू-भागमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका केही स्थानहरू देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र बिजुली संग मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र बिजुली संग मध्यम वर्षा र हिमपात तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र बिजुली संग हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्क रहन तथा विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
