सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली सुन बजारमा मूल्यवृद्धिको लहर जारी रहँदा मंगलबार पनि सुनको भाउ नयाँ उचाइतर्फ उक्लिएको छ। पछिल्ला केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य आज थप ३ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य २ लाख ९८ हजार २ सय रुपैयाँ रहेको थियो।
पछिल्ला दिनहरूमा सुनको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको सुन सोमबार मात्रै ५ हजार रुपैयाँले उकालो लागेको थियो। त्यसको निरन्तरतास्वरूप आज पनि मूल्य वृद्धि कायम रहँदा सुन झण्डै ३ लाख रुपैयाँको नजिक पुगेको छ।
यता चाँदीको मूल्य भने सुनको विपरीत दिशामा गएको छ। महासंघका अनुसार चाँदीको भाउ आज प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य १७५ रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनले यस वर्षको माघ १५ गते ऐतिहासिक रेकर्ड कायम गरेको थियो। उक्त दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले मूल्य बढ्दै सुन ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीले पनि सोही दिन ७ हजार ५०५ रुपैयाँ प्रतितोलाको उच्चतम मूल्य छोएको थियो।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
