• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • ६ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • ६ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • ६ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • २१ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • २१ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • २. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ४. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

  • ५. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ६. अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

  • ७. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • ८. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • ९. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • १०. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

जानकारी केन्द्र २०८३, असार, १३

काठमाडौं । टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरू लाई कन्टेन्ट क्रिएशन र डिजिटल स्टोरीटेलिङसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशालाहरूको शृंखला सुरुवात गरेको छ। भिजिटनेपाल नाम दिइएको यस पहलमार्फत नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको बताइएको छ। साथै, यसले पर्यटकहरूलाई देशभरी रहेका चर्चित गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर ठाउँहरूको बारेमा पनि जानकारी दिन सहयोग गर्नेछ।

तीन दिनसम्म सञ्चालन हुने यो शृंखलामा नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सहभागीहरू एकत्रित भएर शर्ट भिडियो क्रिएशन, ऑडियंस एंगेजमेंट, डिजिटल स्टोरीटेलिङ, अडियन्स ग्रोथ, ब्रान्ड कोलाबेरेसन तथा रेस्पोन्सिबल कन्टेन्ट डेभलपमेन्टका उत्कृष्ट अभ्यासहरूको बारेमा सिक्नेछन्। यस क्रममा टिकटकले पर्यटन व्यवसायी, ट्रेकिङ गाइड तथा साना एवम् मझौला उद्यमीहरूलाई आफ्ना सेवा र उत्पादनलाई व्यापक दर्शकमाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न यस प्लेटफर्मको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनेछ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले भने – “डिजिटल प्लेटफर्महरूका कारण मानिसहरूको गन्तव्य, संस्कृति र अनुभव खोज्ने तरिकाहरू बदलिएका छन्। यस्ता प्लेटफर्मको प्रभाव बढ्दै जाँदा कन्टेन्ट क्रिएटरहरूले यात्रा गर्न प्रेरित गर्ने र संसारभरका दर्शकलाई पर्यटकीय गन्तव्यहरूसँग जोड्ने काममा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। टिकटकसँगको यो सहकार्य मार्फत हामी पर्यटन व्यवसायी, कन्टेन्ट क्रिएटर र यात्रा गर्न रुचाउनेहरूलाई एकै ठाउँमा ल्याई उनीहरूको स्टोरीटेलिंग क्षमता सशक्त बनाउँदै नेपालमा फैलिँदै गरेको टुरिजम क्रियटर कम्युनिटीलाई सहयोग गर्न चाहन्छौं। यसको प्रमुख उद्देश्य भनेको स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई व्यावसायिक कन्टेन्ट क्रिएटर बन्न आवश्यक पर्ने सीपहरू प्रदान गर्नु हो, जसले अन्तत्वगत्वा डिजिटल अर्थतन्त्रको विकासमा सहयोग पुर्याउँछ।”

दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्ताकिनका अनुसार -“टिकटकले घुम्नका लागि आकर्षक गन्तव्य खोज्ने, लोकल खानाहरू रोज्ने र सांस्कृतिक परम्पराहरूलाई अनुभव गर्ने तरिकाहरूमा व्यापक परिवर्तन ल्याएको छ। नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै नेपालको पर्यटन व्यवसाय, क्रियटर र कम्युनिटीलाई डिजिटल स्टोरीटेलिङ सीपमार्फत सशक्त बनाउन पाउँदा हामी उत्साहित छौं। यसले यहाँको अनुपम सौन्दर्य र समृद्ध सम्पदालाई विश्वसामु पुर्याउन मद्दत गर्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ।”

कार्यशालाहरूमा अन्तरक्रियात्मक लर्निंग सेशनहरु, व्यावहारिक कन्टेन्ट क्रिएशन सम्बन्धी मार्गदर्शन तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफलसमेत हुनेछ। यसले सहभागीहरूलाई आकर्षक कन्टेन्ट बनाउन र डिजिटल माध्यममार्फत दर्शकसँग अर्थपूर्ण सम्बन्ध विस्तार गर्न महत्वपूर्ण ज्ञान र अनुभव प्रदान गर्ने अपेक्षा गरिएको बताइएको छ।

टिकटक छोटो मोबाइल भिडियोका लागि विश्वकै अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सिर्जनात्मकतालाई प्रेरित गर्नु र मनोरञ्जन प्रदान गर्नु रहेको छ। टिकटकका कार्यालयहरू लस एन्जेलस, न्यूयोर्क सिटी, लण्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जकार्ता, जोहानेसबर्ग, सिओल र टोकियो लगायत विश्वका विभिन्न शहरहरूमा रहेका छन्।

  • टिकटक
  • भिजिटनेपाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
छोराको कुटपिटबाट आफ्नै आमाको निधन
कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

ताजा

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

छोराको कुटपिटबाट आफ्नै आमाको निधन

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.