तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयर कारोबार तीन महिनायताकै उच्च स्तरमा पुगेको छ। सोमबार नेप्सेमा सबैभन्दा बढी कारोबार हुने कम्पनीका रूपमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो।
सोमबार कुल २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा ग्लोबल आइएमई बैंकको मात्रै ८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ३.३० प्रतिशत हो। यसअघि बैंकको सेयरमा गत चैत १८ गते ९ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो।
सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता २ रुपैयाँ ६० पैसाले बढेर २३९ रुपैयाँ ३० पैसामा पुगेको छ। पछिल्ला वर्षहरूमा बैंकको सेयर मूल्य २०० देखि ३०० रुपैयाँको दायराभित्र उतारचढाव हुँदै आएको छ।
हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म बैंकले ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने वार्षिकीकरण गरिएको लाभांश क्षमता १०.५० प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ रहेको छ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
