पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य लागू गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १९७ रुपैयाँमा बिक्री हुनेछ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यास २,०६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।
त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्य लागू भएसँगै पेट्रोलियम पदार्थको बढ्दो खर्चबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ। विशेषगरी यातायात, उद्योग तथा दैनिक उपभोगमा यस निर्णयले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार
अयोध्या–जनकपुर रेल सेवा सुरु, एक हजार यात्रु बोकेको रेल जनकपुर आइपुग्यो
किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक
आज देशभर मौसम सफा, अधिकांश क्षेत्रमा घाम लाग्ने
नेपाल टेलिकममा आपत्कालीन अलर्ट परीक्षण सफल, अब मोबाइलमै विपद्को पूर्वसूचना आउने
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
