काठमाडौं । आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा ६ सय र चाँदी १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
मङ्गलबार सुन तोलाको रु दुई लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मुल्य प्रतितोला रु चार हजार २ सय ७० रुपैयाँ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
मङ्गलबार चाँदी प्रतितोला चार हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको उतारचढावले नेपाली बजार पनि प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।


