एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा पुनः तीव्र वृद्धि भएको छ। अघिल्लो कारोबार दिन घटेको सुनको भाउ बिहीबार एकै दिन प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन भने सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा सीमित भएको थियो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
