अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’’ जारी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत जारी गरिनेछ। यसको साँवा २०८४ असार २४ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा वितरण हुनेछ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। सहभागीले ब्याजदरका आधारमा बोलकबोल गर्नुपर्नेछ र बहुब्याजदरमा पनि आवेदन दिन सक्नेछन्। अन्तिम ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।
आज दिउँसो ३ बजे हुने अनलाइन बोलकबोलपछि प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार मूल्यांकन गरी तोकिएको रकमसम्म कायम हुने बिन्दुको ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ। सोही दर वा त्यसभन्दा कम ब्याजदरमा आवेदन दिने सहभागीलाई ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

