Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, २५
ट्राफिक जरिवानावाट एकैदिन दुई हजार ६६ सवारीचालक कारबाहीमा, १८ लाख ६० हजार राजश्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको हो ।

Top Changing Nepal

युट्युब सट्स