नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट
जानकारी केन्द्र
२०८३, असार, २५
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा झरेको छ। आज ३६१ कम्पनीका ८७ लाख ५१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारका क्रममा १३ वटै उपसूचक ओरालो लागेका छन्। वाणिज्य बैंक समूह ०.५० प्रतिशत, विकास बैंक समूह १.११ प्रतिशत र फाइनान्स समूह ०.६२ प्रतिशतले घटेका छन् भने अन्य सबै समूह पनि नकारात्मक रहेका छन्।
आजको कारोबारमा ४२ कम्पनीको शेयर मूल्य बढ्दा २२९ कम्पनीको मूल्य घटेको छ। यस्तै, ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। बजारमा अधिकांश कम्पनीको मूल्य घटेसँगै लगानीकर्ताको मनोबल कमजोर देखिएको छ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
