गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
जानकारी केन्द्र
२०८३, श्रावण, १३
काठमाडौं । गुगल र सामसङपछि अब एप्पल पनि स्मार्ट चस्माको क्षेत्रमा प्रवेश गर्ने तयारीमा छ। कम्पनीले हाल यस परियोजनामा काम गरिरहेको छ र एप्पलको पहिलो स्मार्ट चस्मा अर्को वर्ष बजारमा आउने अपेक्षा गरिएको छ। गोपनीयतासम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्न एप्पलले यस उपकरणमा विशेष सुविधाहरू समावेश गर्ने योजना बनाएको छ।
गोपनीयताको विषयमा बलियो प्रतिष्ठा बनाएको एप्पलले आफ्ना ‘स्मार्ट ग्लास’ हरूमा पनि यसैमा विशेष जोड दिने योजना बनाएको छ। यस क्षेत्रको अग्रणी कम्पनी मेटाले आफ्ना ग्लासहरूको दुरुपयोगलाई लिएर कडा आलोचना खेप्नुपरेको थियो । यसैलाई मध्यनजर गर्दै एप्पल गोपनीयताको मामिलामा कुनै सम्झौता गर्न चाहँदैन।
बजारमा ल्याउनुअघि गोपनीयतासम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्नकै लागि एप्पलले यो उपकरणको विकासमा लामो समय लिइरहेको विश्वास गरिन्छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


