Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, १३
नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा झरेको छ।

आज ३४३ कम्पनीका ९७ लाख ३९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारका क्रममा १३ मध्ये ११ उपसूचक घटेका छन् भने दुई उपसूचकमा मात्रै सामान्य सुधार देखिएको छ। यसदिन सबैभन्दा बढी गिरावट फाइनान्स समूहमा देखिएको हो।

आज ७८ कम्पनीको शेयर मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स