सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ। एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्दै सुनको मूल्य नयाँ उचाइमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ।
यससँगै १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५३ हजार ७ सय ७० रुपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धि र विनिमय दरमा आएको उतारचढावको प्रभावका कारण नेपाली बजारमा पनि सुनको मूल्य उल्लेख्य रूपमा बढेको व्यवसायीहरूको भनाइ छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


