एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौँ । एनएमबि बैंक लि.ले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको बताइएको छ ।
कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा. लि. द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको जनाइएको छ । बैकका अनुसार कुल लागतमध्ये बैंकहरुको ऋण लगानी रु. ४४.५५ अर्ब रहनेछ । यस वित्तीय व्यवस्थापनमा एनएमबि बैंक लि. अगुवा बैंकको रुपमा रहेको छ भने ग्लोबल आइएमई बैंक लि., हिमालयन बैंक लि. तथा प्रभु बैंक लि. सह–अगुवा बैंक रहनुका साथै, अन्य बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु सहभागी को रुपमा रहने बताइएको छ ।
एस.सी.पावर कम्पनी प्रा.लि.को मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरेको जनाइएको छ । बैँकका अनुसार तिला १ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र अनुसार कुल क्षमता ४४० मेगावाट रहेको छ र पीपीए अनुसार आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति वि.सं. २०८७ पुस १५ (३१ डिसेम्बर २०३०) रहेको छ ।
एनएमबि बैंक लि.को तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष सुसन कर्माचार्यले सम्झौतामा हस्ताक्षर गरेका जनाइएको छ । निजी क्षेत्रको लगानी र नेतृत्वमा अघि बढाइएको यो जलविद्युत आयोजना जडान क्षमताका हिसाबले अहिलेसमको ठुलो आयोजना रहेकोे बैँकले बताएको छ ।
आयोजना निर्माण पश्चात् पहिलो वर्ष करिब रु. ११.४ अर्ब आम्दानी हुने अनुमान गरिएको छ । एनएमबि बैंक लि. ले नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार तथा दिगो लगानीलाई प्राथमिकता दिँदै आएको जनाएको छ । साथै, अन्तराष्ट्रिय असल अभ्यासहरुको अवलम्बन गर्ने क्रममा यस आयोजना हाइड्रोपावर सस्टेनेबिलिटि एलायन्स (एचएसए) द्धारा विकसित हाइड्रोसेलेक्ट टुल प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षहरुको अध्ययन तथा मूल्याङ्कन गरिएको बताइएको छ । एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको दाबी गरेको छ ।
सम्बन्धित समाचार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

