डिम्याट शेयर के हो ? कसरी लिने फाइदा ?
डिम्याट प्रणाली अन्तर्गत लगानीकर्ताहरुले शेयर खरिद गर्दा कागजी प्रमाणपत्र नभइ ईलेक्ट्रोनिक शेयर आफ्नो खातामा प्राप्त गर्नेछन् । तर डिम्याट प्रणाली अन्तर्गत कारोबार गर्नपुर्व लगानीकर्ताले डिपी(डिपोजिटरी पार्टिसिपेन्ट्स) मा गएर डिम्याट खाता खोल्नु आवश्यक छ । आफ्नो खातामा कुन कम्पनीको के कति कित्ता शेयर रहेको छ भन्ने बारेमा बिस्तृत बिवरण लगानीकर्ताले आफुले डिम्याट खाता खोलेको डिपि अथवा इन्टरनेट मार्फत प्राप्त गर्न सक्छन् । गत माघको १ गतेबाट नै सीडिएसले पूर्ण रुपमा डिम्याट प्रणालीलाई लागु गरेको छ । यद्यपी लगानीकर्ताहरुमा यस सम्बन्धी यथेष्ट ज्ञानको अभाव र सुचना एवं जानकारीको कमिका कारण सबै लगानीकर्ताहरु यसको दायरमा पुर्णरुपमा आउन सकेका छैनन् । अहिले देशभर ४८ वटा निक्षेप सदस्यहरुले लगानीकर्तालाई डिपी सेवा प्रदान गर्दै आएका छन् । सिडिएसका अनुसार हालसम्म २ लाख ३ हजार ३ सय ३० वटा डिम्याट खाता खोलिएका छन् भने ४७ करोड ५ लाख ९ हजारभन्दा बढि कित्ता शेयरहरु डिम्याट भईसकेका छन् । सीडीएससीले १४ कम्पनीको डिम्याट शेयर कारोबार अनिवार्य गरिसकेको छ । यी शेयरको कारोबार गर्नुअघि अनिवार्य रूपमा शेयरको डिम्याट गरिएको हुनुपर्ने व्यवस्था छ ।
शेयर डिम्याट गर्दा के फाईदा हुन्छ ?
शेयर डिम्याट गर्दा नक्कली कारोबार तथा अवैध कारोबारहरुका कमी आउँछ छ । त्यस्तै, डिम्याट प्रणाली लागू भएपछि शेयर प्रमाणपत्र हराउने र च्यातिने जस्ता कार्यहरु नहुने हुँदा पनि लगानीकर्ताहरुमा यस्ता जोखिमहरु हट्छन् । डिम्याट प्रणाली नहुँदा कारोबार राफसाफ समयमा हुने समस्या हुन्छ । जसकारण खरिद गरिएका शेयरका प्रमाणपत्र समयमा खरिदकर्ताको हातमा नआइपुग्ने समस्या लगानीकर्ताले भोग्नुपर्छ । डिम्याठ्ट प्रणालीमा भने यो झन्झट रहँदैन । यतिमात्र होईन, कम्पनीले जारी गर्ने बोनस सेयरहरु सिधै लगानीकर्ताको खातामा जम्मा हुने गर्छ ।
कसरी खोल्ने डिम्याट खाता ?
लगानीकर्ताले डिम्याट खाता खोल्न सर्वप्रथम डिपिमा गएर डिम्याट खाता खोल्ने फारम भर्नु पर्छ । लगानीकर्ताले फारममा आफ्नो सबै बिस्तृत बिवरण भरेर नागरिकता प्रमाणपत्रको प्रतिलिपी र एउटा फोटो फारमसँगै बुझाउनु पर्छ । हरेक डिपिले खाता खोले बापत १ सय ५० रुपैयाँ शुल्क लिने गर्दछन् । यो एकपटक तिर्ने शुल्क मात्र हो । कुनै पनि डिपिमा डिम्याट खाता खोलेपछि आफ्नो सम्पूर्ण कागजी शेयरहरुलाई सोहि डिपिमा गएर डिम्याट गर्न सकिन्छ ।
खाता खोलेपछि डिपिले डिम्याट खातावालालाई चेकबुक जस्तै अर्डर स्लिप प्रदान गर्दछ । लगानीकर्ताले आफ्नो खातामा भएको शेयरहरु बेच्न चाहेमा सोहि स्लिपबाट बेच्न खोजेको कम्पनीको नाम र कित्ता खुलाएर चेक खिचेर ब्रोकरलाई दिनु पर्दछ । जसअनुसार ब्रोकरलाई लगानीकर्ताले बिक्रि आदेश दिएको भन्ने बुझिन्छ ।
डिम्याट खाता खोल्न यी जुनसुकै बैंक, वित्त, मर्चेन्ट बैंक अथवा ब्रोकरहरुका मृुख्य कार्यलय र शाखा कार्यलयमा सम्र्पक राख्न सकिन्छ । डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ता एउटा फोटो, नागरिकताको प्रतिलिपि लिएर तोकिएका डीपीमा जानुपर्छ । हाल केही ब्रोकर कम्पनी र क्यापिटल लिमिटेडहरूले डीपी सदस्यता लिएका छन् । डीपीकहाँ शेयर डिम्याट गर्न आग्रह गरिने फारम निःशुल्क पाइन्छ । तर, हितग्राही खाता खोल्न भने ५० रुपैयाँ तिर्नुपर्छ र खाता खोलेपछि वार्षिक शुल्क १ सय रुपैयाँ बुझाउनुपर्छ । खाता खोलेपछि मात्र यस्तो शुल्क बुझाउन सकिन्छ ।
हाल शेयर नै नभएका व्यक्तिले पनि खाता खोल्न सक्ने व्यवस्था छ । तर, आफूसँग शेयर भएमा भने डिम्याट रिक्वेष्ट फारममा भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको शेयर राख्ने हो, त्यसको आईएसआईएन संकेत उल्लेख गर्नुपर्छ । आईएसआईएन संकेत कम्पनीअनुसार फरक हुन्छ । एउटै कम्पनीको पनि सर्वसाधारण, संस्थापक, अग्राधिकार शेयरको वर्गअनुसार पनि यो संकेत फरक हुन्छ । डीपीसँग सोधेमा पनि यस्तो संकेत पाउन सकिन्छ । आफ्नो खातामा फरकफरक कम्पनीको शेयर राख्नुपर्ने भएमा फरकफरक डिम्याट रिक्वेष्ट फारम भर्नुपर्छ । यसरी यो फारम भरेपछि त्यसमा उल्लेख गरिएका कम्पनीको प्रमाणपत्रसमेत डीपीलाई बुझाउनुपर्छ । ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले शेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित गरिएपछि उसको खातामा शेयर जम्मा हुन्छ । खाता खोलेको र वार्षिक शुल्कबाहेक यो प्रक्रियासम्म अन्य खर्च भने लाग्दैन ।
लगानीकर्ताहरूले एकभन्दा बढी डीपीमार्फत पनि खाता खोल्न सक्छन् । यसरी अलग/अलग डीपीमार्फत खोलिएका खाताको एकअर्कासँग सम्बन्ध हुँदैन । ग्राहकको विवरण सबै एउटै रहने भए पनि खाता नम्बर भने अलगअलग नै हुनेछ । अलगअलग डीपीबाट खाता खोल्दा शुल्क र वार्षिक शुल्क सबैमा बुझाउनुपर्ने हुन्छ ।
ग्राहकको खातामा कति शेयर छ भन्ने जानकारी जुन डीपीमार्फत ग्राहकले खाता खोलेको हुन्छ, उसलाई थाहा हुन्छ, अर्काे डीपी सदस्यलाई भने हुँदैन । खाता खोल्नेबित्तिकै डीपीले ग्राहकलाई डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ । यो स्लिप चेकजस्तै हो । शेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यसरी भरेको स्लिप हराएमा सीडीएस एण्ड क्लीयरिङ लिमिटेडमा तुरन्त जानकारी गराइहाल्नुपर्छ ।
अहिले कारोबारको क्रममा यस्तो डेलिभरी इन्ष्ट्रक्शन स्लिपको आवश्यकता पर्ने भए पनि पछि भने हुँदैन । सीडीएससीले ब्रोकरहरूलाई इण्टरफेस पनि दिएको छ । यस्तो इण्टरफेसमा ग्राहकले कति कित्ता शेयर बेच्ने हो, उल्लेख गरेपछि ब्रोकरले तोकिएको कम्पनीको तोकिएको संख्या भर्दछ । यदि ग्राहकले भनेजति शेयर खातामा छ भने विक्री प्रक्रिया अगाडि बढ्छ ।
ग्राहकले दिएको विक्री अर्डरको नम्बरसमेत राख्नुपर्ने र सीडीएससीले पनि यसको सुपरिवेक्षण गरिरहने भएकाले यसको दुरुपयोग हुँदैन । स्लिपबाट अर्डर दिँदा विक्रीकर्ताको खाताबाट शेयर विक्री गर्ने ब्रोकरको खातामा शेयर जान्छ र त्यहाँबाट सीडीएससीको खातामा जान्छ । यही शेयर किन्ने ब्रोकर हुँदै किन्ने लगानीकर्ताको खातामा पठाइन्छ । यो प्रक्रियामा शेयर किन्न र बेच्न एउटै ब्रोकरबाट गर्न सकिन्छ । यसरी शेयर बेच्दा पनि लगानीकर्ताले २५ रुपैयाँ र किन्दा पनि २५ रुपैयाँ तिर्नुपर्छ । तर, एकै दिन एउटै कम्पनीको शेयर कारोबार गर्दा भने हरेक कारोबारको अलगअलग शुल्क तिर्नुपर्दैन । एउटै कम्पनीको शेयर भए पनि किन्ने र बेच्ने दुवै गरिएको छ भने किन्दा र बेच्दा दुईपटक २५/२५ रुपैयाँ तिर्नुपर्छ ।
बैकिंङ्ग खवर बाट साभार
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
