• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २२, २०८२
आइतबार, असार २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • १०. देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

डिम्याट शेयर के हो ? कसरी लिने फाइदा ?

डिम्याट प्रणाली अन्तर्गत लगानीकर्ताहरुले शेयर खरिद गर्दा कागजी प्रमाणपत्र नभइ ईलेक्ट्रोनिक शेयर आफ्नो खातामा प्राप्त गर्नेछन् । तर डिम्याट प्रणाली अन्तर्गत कारोबार गर्नपुर्व लगानीकर्ताले डिपी(डिपोजिटरी पार्टिसिपेन्ट्स) मा गएर डिम्याट खाता खोल्नु आवश्यक छ । आफ्नो खातामा कुन कम्पनीको के कति कित्ता शेयर रहेको छ भन्ने बारेमा बिस्तृत बिवरण लगानीकर्ताले आफुले डिम्याट खाता खोलेको डिपि अथवा इन्टरनेट मार्फत प्राप्त गर्न सक्छन् । गत माघको १ गतेबाट नै सीडिएसले पूर्ण रुपमा डिम्याट प्रणालीलाई लागु गरेको छ । यद्यपी लगानीकर्ताहरुमा यस सम्बन्धी यथेष्ट ज्ञानको अभाव र सुचना एवं जानकारीको कमिका कारण सबै लगानीकर्ताहरु यसको दायरमा पुर्णरुपमा आउन सकेका छैनन् । अहिले देशभर ४८ वटा निक्षेप सदस्यहरुले लगानीकर्तालाई डिपी सेवा प्रदान गर्दै आएका छन् । सिडिएसका अनुसार हालसम्म २ लाख ३ हजार ३ सय ३० वटा डिम्याट खाता खोलिएका छन् भने ४७ करोड ५ लाख ९ हजारभन्दा बढि कित्ता शेयरहरु डिम्याट भईसकेका छन् । सीडीएससीले १४ कम्पनीको डिम्याट शेयर कारोबार अनिवार्य गरिसकेको छ । यी शेयरको कारोबार गर्नुअघि अनिवार्य रूपमा शेयरको डिम्याट गरिएको हुनुपर्ने व्यवस्था छ ।

शेयर डिम्याट गर्दा के फाईदा हुन्छ ?
शेयर डिम्याट गर्दा नक्कली कारोबार तथा अवैध कारोबारहरुका कमी आउँछ छ । त्यस्तै, डिम्याट प्रणाली लागू भएपछि शेयर प्रमाणपत्र हराउने र च्यातिने जस्ता कार्यहरु नहुने हुँदा पनि लगानीकर्ताहरुमा यस्ता जोखिमहरु हट्छन् । डिम्याट प्रणाली नहुँदा कारोबार राफसाफ समयमा हुने समस्या हुन्छ । जसकारण खरिद गरिएका शेयरका प्रमाणपत्र समयमा खरिदकर्ताको हातमा नआइपुग्ने समस्या लगानीकर्ताले भोग्नुपर्छ । डिम्याठ्ट प्रणालीमा भने यो झन्झट रहँदैन । यतिमात्र होईन, कम्पनीले जारी गर्ने बोनस सेयरहरु सिधै लगानीकर्ताको खातामा जम्मा हुने गर्छ ।

कसरी खोल्ने डिम्याट खाता ?
लगानीकर्ताले डिम्याट खाता खोल्न सर्वप्रथम डिपिमा गएर डिम्याट खाता खोल्ने फारम भर्नु पर्छ । लगानीकर्ताले फारममा आफ्नो सबै बिस्तृत बिवरण भरेर नागरिकता प्रमाणपत्रको प्रतिलिपी र एउटा फोटो फारमसँगै बुझाउनु पर्छ । हरेक डिपिले खाता खोले बापत १ सय ५० रुपैयाँ शुल्क लिने गर्दछन् । यो एकपटक तिर्ने शुल्क मात्र हो । कुनै पनि डिपिमा डिम्याट खाता खोलेपछि आफ्नो सम्पूर्ण कागजी शेयरहरुलाई सोहि डिपिमा गएर डिम्याट गर्न सकिन्छ ।

खाता खोलेपछि डिपिले डिम्याट खातावालालाई चेकबुक जस्तै अर्डर स्लिप प्रदान गर्दछ । लगानीकर्ताले आफ्नो खातामा भएको शेयरहरु बेच्न चाहेमा सोहि स्लिपबाट बेच्न खोजेको कम्पनीको नाम र कित्ता खुलाएर चेक खिचेर ब्रोकरलाई दिनु पर्दछ । जसअनुसार ब्रोकरलाई लगानीकर्ताले बिक्रि आदेश दिएको भन्ने बुझिन्छ ।

डिम्याट खाता खोल्न यी जुनसुकै बैंक, वित्त, मर्चेन्ट बैंक अथवा ब्रोकरहरुका मृुख्य कार्यलय र शाखा कार्यलयमा सम्र्पक राख्न सकिन्छ । डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ता एउटा फोटो, नागरिकताको प्रतिलिपि लिएर तोकिएका डीपीमा जानुपर्छ । हाल केही ब्रोकर कम्पनी र क्यापिटल लिमिटेडहरूले डीपी सदस्यता लिएका छन् । डीपीकहाँ शेयर डिम्याट गर्न आग्रह गरिने फारम निःशुल्क पाइन्छ । तर, हितग्राही खाता खोल्न भने ५० रुपैयाँ तिर्नुपर्छ र खाता खोलेपछि वार्षिक शुल्क १ सय रुपैयाँ बुझाउनुपर्छ । खाता खोलेपछि मात्र यस्तो शुल्क बुझाउन सकिन्छ ।

हाल शेयर नै नभएका व्यक्तिले पनि खाता खोल्न सक्ने व्यवस्था छ । तर, आफूसँग शेयर भएमा भने डिम्याट रिक्वेष्ट फारममा भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको शेयर राख्ने हो, त्यसको आईएसआईएन संकेत उल्लेख गर्नुपर्छ । आईएसआईएन संकेत कम्पनीअनुसार फरक हुन्छ । एउटै कम्पनीको पनि सर्वसाधारण, संस्थापक, अग्राधिकार शेयरको वर्गअनुसार पनि यो संकेत फरक हुन्छ । डीपीसँग सोधेमा पनि यस्तो संकेत पाउन सकिन्छ । आफ्नो खातामा फरकफरक कम्पनीको शेयर राख्नुपर्ने भएमा फरकफरक डिम्याट रिक्वेष्ट फारम भर्नुपर्छ । यसरी यो फारम भरेपछि त्यसमा उल्लेख गरिएका कम्पनीको प्रमाणपत्रसमेत डीपीलाई बुझाउनुपर्छ । ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले शेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित गरिएपछि उसको खातामा शेयर जम्मा हुन्छ । खाता खोलेको र वार्षिक शुल्कबाहेक यो प्रक्रियासम्म अन्य खर्च भने लाग्दैन ।

लगानीकर्ताहरूले एकभन्दा बढी डीपीमार्फत पनि खाता खोल्न सक्छन् । यसरी अलग/अलग डीपीमार्फत खोलिएका खाताको एकअर्कासँग सम्बन्ध हुँदैन । ग्राहकको विवरण सबै एउटै रहने भए पनि खाता नम्बर भने अलगअलग नै हुनेछ । अलगअलग डीपीबाट खाता खोल्दा शुल्क र वार्षिक शुल्क सबैमा बुझाउनुपर्ने हुन्छ ।

ग्राहकको खातामा कति शेयर छ भन्ने जानकारी जुन डीपीमार्फत ग्राहकले खाता खोलेको हुन्छ, उसलाई थाहा हुन्छ, अर्काे डीपी सदस्यलाई भने हुँदैन । खाता खोल्नेबित्तिकै डीपीले ग्राहकलाई डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ । यो स्लिप चेकजस्तै हो । शेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यसरी भरेको स्लिप हराएमा सीडीएस एण्ड क्लीयरिङ लिमिटेडमा तुरन्त जानकारी गराइहाल्नुपर्छ ।

अहिले कारोबारको क्रममा यस्तो डेलिभरी इन्ष्ट्रक्शन स्लिपको आवश्यकता पर्ने भए पनि पछि भने हुँदैन । सीडीएससीले ब्रोकरहरूलाई इण्टरफेस पनि दिएको छ । यस्तो इण्टरफेसमा ग्राहकले कति कित्ता शेयर बेच्ने हो, उल्लेख गरेपछि ब्रोकरले तोकिएको कम्पनीको तोकिएको संख्या भर्दछ । यदि ग्राहकले भनेजति शेयर खातामा छ भने विक्री प्रक्रिया अगाडि बढ्छ ।

ग्राहकले दिएको विक्री अर्डरको नम्बरसमेत राख्नुपर्ने र सीडीएससीले पनि यसको सुपरिवेक्षण गरिरहने भएकाले यसको दुरुपयोग हुँदैन । स्लिपबाट अर्डर दिँदा विक्रीकर्ताको खाताबाट शेयर विक्री गर्ने ब्रोकरको खातामा शेयर जान्छ र त्यहाँबाट सीडीएससीको खातामा जान्छ । यही शेयर किन्ने ब्रोकर हुँदै किन्ने लगानीकर्ताको खातामा पठाइन्छ । यो प्रक्रियामा शेयर किन्न र बेच्न एउटै ब्रोकरबाट गर्न सकिन्छ । यसरी शेयर बेच्दा पनि लगानीकर्ताले २५ रुपैयाँ र किन्दा पनि २५ रुपैयाँ तिर्नुपर्छ । तर, एकै दिन एउटै कम्पनीको शेयर कारोबार गर्दा भने हरेक कारोबारको अलगअलग शुल्क तिर्नुपर्दैन । एउटै कम्पनीको शेयर भए पनि किन्ने र बेच्ने दुवै गरिएको छ भने किन्दा र बेच्दा दुईपटक २५/२५ रुपैयाँ तिर्नुपर्छ ।

बैकिंङ्ग खवर बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
    • २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
    • नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    • २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.