Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १२
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा

पोखरा । प्रिमियम मोटरसाइकल ब्राण्ड सिएफमोटोले पोखरामा आफ्नो नयाँ ३एस (सेल्स, सर्भिस एन्ड स्पेयर पार्ट्स) आउटलेट, हिमालयन अटो नेक्सस प्रा.लि.औपचारिक रूपमा सञ्चालनमा ल्याएको  छ। कम्पनीका अनुसार,उक्त आउटलेटको उद्घाटन पोखरा उद्योग वाणिज्य संघ (एफएनसीसीआई) की अध्यक्ष शोभा गौतमको प्रमुख आतिथ्य तथा वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको विशेष आतिथ्यमा १० असोज २०८३ मा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा सीएफमोटो नेपालका प्रतिनिधि, डिलर/व्यवसायिक साझेदार, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा मोटरसाइकलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ।

नयाँ ३ एस आउटलेटमार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकहरूले सिएफमोटाका मोटरसाइकलहरूको बिक्री, आधिकारिक सर्भिस तथा स्पेयर पार्ट्स सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् भने यसले ग्राहकलाई खरिदपछिको सेवा अझ सहज, व्यवस्थित र भरपर्दो बनाउने कम्पनीले अपेक्षा गरेको छ।

सिएफमोटो नेपालका अथोराइज्ड डिस्ट्रिब्युटर ऋषि ट्रेड सेन्टरले देशभर आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्ने क्रममा पोखरामा ३एस आउटलेट सञ्चालनमा ल्याएको जनाइएको छ।सिएफमोटोका अनुसार,पोखरा गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र हुनुका साथै प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलको बढ्दो बजारका रूपमा समेत विकसित हुँदै गएकोले यस क्षेत्रमा सिएफमोटोको उपस्थितिलाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याइएको हो।

पोखरा केवल गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र मात्र नभई नेपालका हिमाली तथा उच्च पहाडी गन्तव्यतर्फ मोटरसाइकल यात्राका लागि महत्वपूर्ण प्रवेशद्वार समेत हो। यही परिवेशलाई ध्यानमा राख्दै पोखरामा नयाँ ३ एस आउटलेट सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य पोखरा हुँदै हिमाली तथा दुर्गम भूभागमा यात्रा गर्ने सिएफमोटो राइडरहरूलाई आवश्यक बिक्रीपछिको सेवा, जेन्युइन स्पेयर पार्ट्स तथा प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराई उनीहरूको यात्रामा थप आत्मविश्वास र भरोसा प्रदान गर्नु रहेको जनाइएको छ।

सिएफमोटोका लोकप्रिय मोडलहरूमा २५० डुअल ईएफआई, ४५० एमटी, ४५० सीएल-सी, ४५० सीएल-सी बबर, ४५० एसआर-एस लगायतका मोटरसाइकलहरू रहेका बताइएको छ। विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा सिएफमोटोले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको कम्पनीको दाबी छ।

नयाँ ३ एस आउटलेटबाट ग्राहकले टेस्ट राइड, नयाँ मोटरसाइकलको बिक्री, नियमित सर्भिसिङ, प्राविधिक जाँच, जेन्युइन स्पेयर पार्ट्सतथा आवश्यक आफ्टर-सेल्स सपोर्ट प्राप्त गर्न सक्ने जनाइएको छ।

उद्घाटन अवसरमा बोल्दै आयोजक पक्षले पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई सिएफमोटोको अन्तर्राष्ट्रियस्तरको उत्पादनसँगै विश्वसनीय आफ्टर-सेल्स सर्भिस र कस्टमर एक्सपेरियन्स उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

आइतबार उदघाटन को दिन कम्पनी ले ८ थान मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गर्दै उदघाटन समारोह विशेष अफर स्वरूप सिएफमोटो बाइक खरिद गर्दा ग्राहक ले २००००/- सम्म नगद छुट को साथ फ्री हेल्मेट, ह्यान्डगार्ड , २५० डुअलमा ५ वर्ष को इन्जिन वारेन्टी तथा फाइनान्स खरिद गर्दा न्युनतम ४०५ भुक्तानी गरी बाईक लिन सक्ने कम्पनीको दाबी छ।

सिएफमोटो नेपालले आगामी दिनमा पनि देशका प्रमुख शहरहरूमा आफ्नो सेल्स, सर्भिस एन्ड स्पेयर पार्ट्स नेटवर्कलाई थप विस्तार गर्दै ग्राहकको पहुँच र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्ने जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स