Jankari Kendra
१९ आश्विन २०८३, सोमबार
Worldlink

सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १९
सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम

काठमाडौं । लिपमोटरले आफ्नो विश्वव्यापी विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै सेप्टेम्बर २०२६ मा विश्वभर १,०५,६५६ युनिट सवारीसाधन डेलिभरी गरेको छ र तेस्रो त्रैमासिकमा ३,१०,०५२ युनिट डेलिभरीको आँकडा पार गरेको जनाइएको छ । यो उपलब्धिसँगै ब्रान्डले लगातार तेस्रो महिना मासिक १,००,००० युनिटभन्दा बढी डेलिभरीको प्रतिष्ठित कोशेढुङ्गा पार गरेको छ , जसअनुसार सेप्टेम्बरमा वार्षिक आधारमा ५९ प्रतिशत र तेस्रो त्रैमासिकमा ७८.३ प्रतिशत को उल्लेख्य वृद्धि भएको बताइएको छ ।

यस त्रैमासिक गतिले सन् २०२६ को पहिलो नौ महिनामा लिपमोटरको कुल विश्वव्यापी डेलिभरीलाई ६,६६,५३९ युनिट पुर्याएको छ , जसले सन् २०२५ को पूरा वर्षको कुल संख्यालाई समेत उछिनेको कम्पनीको दाबी छ । विश्वव्यापी अटोमोटिभ क्षेत्रको अग्रणी कम्पनी स्टेलान्टिससँगको संयुक्त साझेदारी ’लिपमोटर इन्टरनेसनल’ को सहयोगमा ब्रान्डको अन्तर्राष्ट्रिय उपस्थिति तीव्र गतिमा अघि बढिरहेको जनाइएको छ । हालसम्म यसको कुल विश्वव्यापी निर्यात १,५०,००० युनिट नाघेको छ भने युरोपमा बिक्री तथा सेवा सञ्जाल १,००० भन्दा बढी स्थानहरूमा द्रुत गतिमा विस्तार भइरहेको बताइएको छ ।

लिपमोटरले विश्वमै तीव्र गतिमा वृद्धि भइरहेको नयाँ ऊर्जा सवारीसाधन (एनईभी) आविष्कारकहरूमाझ आफ्नो स्थान थप मजबुत बनाउँदै गर्दा, साङ्ग्रिला मोटर्स प्रा.लि.ले यो विश्वव्यापी गतिलाई नेपालका सडकहरूमा निरन्तर भित्र्याइरहेको जनाइएको छ । कम्पनीका अनुसार,टी०३, बी०३एक्स, बी१० र सी१० जस्ता स्मार्ट तथा उच्च कार्यक्षमता भएका विद्युतीय सवारीसाधनहरूमार्फत, यो ब्रान्ड नेपालभरका चालकहरूलाई उन्नत इभी प्रविधि, प्रिमियम सुरक्षा र भरपर्दो दिगो गतिशीलता प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स