भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
काठमाडौँ । नेपालको लागि सर्वाधिक लोकप्रिय स्कुटर भेस्पा तथा अप्रिलियाको वितरक डेल्टा अटोकर्प प्रा.लि.ले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम खोलेको छ। कम्पनीको स्कुटर प्रति बढ्दो रुचि र ग्राहकवर्गको सुविधा र सहजतालाई मध्यनजर गर्दै देशैभर शोरुम विस्तार गर्ने क्रममा यो शोरुम खुलेको हो।
यस शोरुम मार्फत ग्राहकहरुले अन्य शोरुम सरहको सेवा, सुविधा पाउने बताइएको छ। कम्पनीले भर्खरै लञ्च गरेको नेपालकै पहिलो १७५ सिसीको पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको स्कुटर अप्रिलिया एसआर १७५ पनि बिक्रीको लागि राखिएको छ भने अत्यन्तै आकर्षक दुई नयाँ कलर लाइल्याक र गोल्डेन ओरो कलरको नयाँ दुई भेस्पा लगायतका भेस्पा तथा अप्रिलियाको सम्पूर्ण मोडल यस शोरुममा उपलब्ध रहेको जनाइएको छ।
कम्पनीका अनुसार,यस शोरुममा भेस्पा, अप्रिलिया खरिदको लागि आउने ग्राहकहरुले आकर्षक दशैं अफर भेस्पा, अप्रिलियासँग दशैंको दक्षिणामा समेत समावेश गराइ हरेक खरिदमा स्क्र्याच मार्फत रु.१ लाखसम्म क्यास र पक्का उपहारमा अनर एक्स फाइभ प्ले स्मार्ट वाच उपहार प्रदान गरिनेछ। अफर अन्तर्गत हरेक एक्सचेञ्जमा पनि रु।२५ हजारसम्मको क्यास ब्याक पाउन सकिनेछ भने नागरिकताको भरमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा पनि उपलब्ध हुने बताइएको छ।
डेल्टा अटोकर्प प्रा.लि.का डाइरेक्टर तथा सीईओ विजय महतोले भने, “भेस्पा र अप्रिलियाको प्रतिष्ठित इटालियन विरासतलाई भक्तपुरसम्म ल्याउँदै गर्दा आज हाम्रो लागि महत्वपूर्ण अवसर बनेको छ। कला, संस्कृति र हस्तकलाको समृद्ध विरासत बोकेको भक्तपुर यी दुई प्रतिष्ठित ब्रान्डका लागि स्वाभाविक गन्तव्य बनेको छ। नयाँ शोरुममार्फत यहाँका ग्राहकलाई इटालियन डिजाइन, उत्कृष्टता र पर्फर्मेन्सको नयाँ अनुभव प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं र ग्राहकहरूलाई स्वागत गर्न उत्साहित छौं।”
त्यस्तै, डाइरेक्टर केतन भिमसारियाले भने, “नेपालको सम्पदा र संस्कृतिमा भक्तपुरको विशेष स्थान छ र यसको विकास यात्राको हिस्सा बन्न पाउँदा हामी निकै खुसी छौं। नयाँ शोरुमको सुरुवातसँगै हामी भक्तपुरको समृद्ध विरासतलाई भेस्पा र अप्रिलियाको विशिष्ट इटालियन पहिचानसँग जोड्दैछौं। यहाँका ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्दै सँगै धेरै अविस्मरणीय यात्राहरू सिर्जना गर्न हामी उत्साहित छौं।”
यो शोरुमबाट भक्तपुर लगायत आसपासका ग्राहकहरुलाई सजिलो सेवा, सुविधा प्राप्त हुने विश्वास रहेको जनाइएको छ।
सम्बन्धित समाचार
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
जगदम्बा मोटर्सद्वारा बुटवलमा आर जिपीः अपाचे रेसिङ क्वालिफायर्समा उत्साहजनक सहभागिताबीच १६० सीसीका तीन फाइनलिस्ट घोषित
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

