टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ । उक्त सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको बताइएको छ ।
सम्मेलनमा ‘बियोन्ड बोर्डर्स’ले जगदम्बा मोटर्सलाई ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स र बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया ’ गरी दुई अवार्ड प्रदान गर्नुका साथै विभिन्न देशका वितरकहरूको सहभागिता रहेको विश्वव्यापी मञ्चमा नेपालको नामसमेत सम्मानित भएको कम्पनीले जनाएको छ ।
विशेषगरी ‘ ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्ड निकै महत्वपूर्ण रहेको छ भने यसले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवासहितको सम्पूर्ण सर्भिस नेटवक टिभिएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको बताइएको छ ।
नेपाली टिभिएस प्रयोगकर्ताका लागि यो सम्मानले उनीहरूले नेपालमै प्राप्त गर्ने सेवाको स्तर टिभिएस सञ्चालनमा रहेका अन्य देशको विश्वस्तरीय सेवासरह रहेको प्रमाणित गर्ने कम्पनीको दाबी छ ।
यस उपलब्धिबारे जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले भनीन, “यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो । ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्ड प्राप्त हुनु भनेको नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो । टिभिएस सवारीसाधन प्रयोग गर्ने जो–कोही ग्राहकले आफू उत्कृष्ट सेवाको हातमा रहेकोमा पूर्ण रूपमा विश्वस्त हुन सक्नुहुन्छ ।”
जगदम्बा मोटर्स नेपालका प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक शंकर ग्रुपको हिस्सा हो भने शंकर ग्रुप गुणस्तर, इमानदारी र दीर्घकालीन ग्राहक सम्बन्धप्रतिको प्रतिबद्धताका लागि परिचित रहेको बताइएको छ । ग्रुपका यिनै मूल्य–मान्यताले जगदम्बा मोटर्सको सेवा मापदण्डलाई समेत निरन्तर मार्गदर्शन गर्दै आएका जनाइएको छ ।
जगदम्बा मोटर्सले दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्स, पारदर्शी सेवा र देशभरको नेटवर्कमार्फत छिटो तथा प्रभावकारी ग्राहक सेवाका माध्यमबाट यी उच्च सेवा मापदण्डलाई निरन्तर कायम राख्ने प्रतिबद्धता बताइएको छ ।
जगदम्बा मोटर्सका बारेमा
जगदम्बा मोटर्स नेपालमा टिभीएस मोटर कम्पनीको आधिकारिक वितरक तथा शंकर ग्रुपको सदस्य कम्पनी हो। कम्पनीले टिभीएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको पूर्ण रेन्ज उपलब्ध गराउँदै आएको छ। देशभर फैलिएको नेटवर्कमार्फत बिक्री, सर्भिस तथा वास्तविक स्पेयर पाट्र्सको सुविधा प्रदान गर्दै आएको छ।
शंकर ग्रुपका बारेमा
शंकर ग्रुप सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापना भएको नेपालको अग्रणी बहुआयामिक व्यवसायिक समूह हो। मुख्यालय नेपालमा रहेको यस समूहअन्तर्गत विभिन्न क्षेत्रका ४० कम्पनी सञ्चालनमा छन् भने विश्वास, गुणस्तर र व्यावसायिक उत्कृष्टतालाई आधार बनाउँदै समूहले उद्योग, व्यापारलगायत विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेको जनाइएको छ। आर्थिक वर्ष २०२०र२१ मा समूहअन्तर्गतका कम्पनीहरूको संयुक्त कारोबार १ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको थियो भने १५ हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको ग्रुपको दाबी छ।
सम्बन्धित समाचार
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
जगदम्बा मोटर्सद्वारा बुटवलमा आर जिपीः अपाचे रेसिङ क्वालिफायर्समा उत्साहजनक सहभागिताबीच १६० सीसीका तीन फाइनलिस्ट घोषित
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

