यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा घर–परिवारमा भेटघाट,आत्मीयता, खुसी र उत्सवको माहोल सुरु भएको छ। यही अवसरमा केन्ट आरओले यस दशैंलाई अझ स्वस्थ, सुरक्षित र यादगार बनाउँदै शुद्ध पानीसँगै परिवारको स्वास्थ्य र खुसी मनाउन सबैलाई आह्वान गरेको जनाइएको छ।
दशैं केवल टीका र जमराको पर्व मात्र होइन, परिवार तथा आफन्तसँग समय बिताउने, मिठा परिकार बाँड्ने र खुसी साटासाट गर्ने विशेष अवसर पनि हो। यस्तो महत्त्वपूर्ण समयमा परिवारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सफा, शुद्ध र सुरक्षित पिउने पानीलाई दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनाउन सकिन्छ।
‘शुद्ध पानी, स्वस्थ भोलिका लागि’ भन्ने प्रतिबद्धतासहित केन्ट आरओले आधुनिक प्रविधिबाट पानीमा रहेका हानिकारक अशुद्धता हटाउँदै आवश्यक खनिजहरू कायम राख्ने उद्देश्यका साथ विभिन्न पानी शुद्धीकरण उपकरणहरू उपलब्ध गराउँदै आएको कम्पनीले जनाइएको छ।
केन्ट आरओका प्रमुख विशेषताहरूमध्ये पानीमा रहेका हानिकारक अशुद्धताहरू हटाउन सहयोग गर्दै सुरक्षित पिउने पानी उपलब्ध गराउनु, पानी शुद्धीकरणसँगै शरीरका लागि आवश्यक खनिजहरू कायम राखेर पानीको पोषणात्मक गुणलाई ध्यानमा राख्नु तथा परिवारका लागि सुरक्षित र स्वादिलो पानी उपलब्ध गराउनु रहेका बताइएको छ। केन्टका पानी शुद्धीकरण उपकरणहरूलाई लाखौँ परिवारले विश्वास गर्दै आएका छन् भने पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्षको अनुभव बोकेको केन्टले प्रविधि, गुणस्तर र शुद्ध पानीप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको कम्पनीको दाबी छ। साथै, प्रचार सामग्रीमा देखाइएको उत्पादनमा १२ महिनाको वारेन्टीसमेत उल्लेख गरिएको जनाइएको छ।
यस दशैंमा पनि केन्ट आरओले परिवारसँगै बसेर मनाइने हरेक खुसीको पलमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको महत्त्व सम्झाउन चाहनुका साथै दशैंको पावन अवसरमा केन्ट आरओले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक खुसीको हार्दिक शुभकामना व्यक्त गर्दै केन्टका घरायसी सामग्रीहरू खरिद गरी यो दशैं स्वस्थ रूपमा मनाउन आह्वान गरेको छ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
