• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २२, २०८२
आइतबार, असार २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

२०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि

सरकारको नयाँ व्यवस्था : अब नयाँ कर्मचारीलाई पेन्सन र उपदान नदिइने

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ३. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • ९. १२ जिल्लामा भारी वर्षाको जोखिम

  • १०. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

व्यवसायीक अदुवा खेती गर्ने तरिका

-नेपाल कृषि {प्रतिक बाबा}

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, रुघा, सर्दी जस्ता रोगहरुमा औषधिका रूपमा प्रयोग गरिन्छ ।
अदुवाको खेती गर्न प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटोको आवश्यकता पर्दछ । अदुवा छहारी भएको तथा सेपिलो ठाउँमा राम्रो उत्पादन हुने हुँदा सोही अनुसारको ठाउँको छनोट गर्नु पर्दछ । अदुवा मुख्य गरी २ किसिमका हुन्छन् जसलाई नसे र बोसे भनिन्छ । जसमध्ये बोसे जातको अदुवा व्यावसायिकरूपमा बढी महत्व भएको पाईन्छ । कपुर कोट १ नामको बोसे जातको अदुवा बढी फल्ने र धुलो बनाउँदा पनि बढी निस्कने भएकोले बजारमा यसको राम्रो मूल्य पाइन्छ ।

अदुवा खेतीे लगाउने समय र बीउको दर:-

अदुवा खेती लगाउन फागुनदेखि चैत्र महिना उपयुक्त समय मानिन्छ ।
तर पहाडी भेगमा जेठको दोस्रो हप्तासम्म पनि अदुवा
लगाउन सकिन्छ । अदुवा खेती गर्न एक रोपनी अर्थात् डेढ कठ्ठा जग्गाको लागि ठूलो गानो हुने अदुवा जात हो भने ३०० के।जी। र सानो गानो हुने अदुवाका लागि २०० के।जी। बीउको आवश्यकता पर्दछ ।
गानो कुहिने रोग व्यवस्थापन गर्न तथा राम्ररी एकनासले अदुवा उम्रन अदुवा रोप्नु अघि २ ग्राम साफ वा ब्लाइटक्स ५० प्रतिलिटर पानीका दरले झोल बनाउने र त्यस झोलमा बीउ अदुवाको गानोलाई आधा घण्टासम्म डुबाइ राख्नु पर्दछ । अदुवाको गानोलाई आधा घण्टा डुबाईसकेपछि बीउलाई छहारी वा छायाँमा सुक्न दिनु पर्दछ । यसरी सुके पछिको बीउ रोप्नका लागि तयार हुन्छ । एकपटक बनाएको झोल विषादीमा बढीमा २ पटक मात्र बीउ उपचार गर्नु पर्दछ । त्यस पछि फेरी नयाँ घोल तयार गरी बीउको उपचार गर्नु पर्दछ । यसरी उपचार गरिएको बीउलाई अन्य वस्तुसँग मिसिन नदिइ तयारी जग्गामा रोप्नु पर्दछ । बीउका लागि ४०—६० ग्रामको गानो आवश्यक पर्दछ ।
अदुवा खेतीका लागि जग्गाको तयारी र मलखाद व्यवस्थापन
अदुवा बाली माटो मुनी फल्ने हुँदा खुमे्र कीरा र रातो कमिलाबाट हुने नोक्सानी कम गर्न अदुवा लगाउनु भन्दा पहिले २ देखि ३ पटक राम्ररी खनजोत गर्नु पर्दछ । अदुवा रोप्दा पानीको निकास मिलाइ २० देखि ३० से।मि। अग्लो डयाङ् बनाइ बीउ रोप्नु पर्दछ ।
जग्गा तयारीको अन्तिम खनजोतमा प्रतिरोपनी १५०० के।जी। गोबर मल, डि। ए। पि। १५ के।जी।, पोटास १२ के।जी। र जिङ्क १ के।जी।का
दरले माटोमा मिलाउनु पर्दछ । तर युरिया मल शुरुकै अवस्थामा प्रयोग गर्नु हुँदैन । बीउ लगाउँदा बोटदेखि बोट र लाइनदेखि लाइनको दुरी ४० से।मि। को फरकमा हुनु पर्दछ । अदुवाको गानो रोप्दा १० से।मि। को गहिराइमा टुसा एकैतिर फर्काइ रोप्नु पर्दछ । अदुवा रोप्ने बित्तिकै रोपेको ठाउँमा पात पतिङ्गर वा सोतरले ८ देखि १० से।मि। बाक्लो हुनेगरी छाप्रोको व्यवस्था गर्नुपर्दछ । यसरी छाप्रो दिनाले झारपातको प्रकोप घट्ने र लामो समयसम्म माटोको चिस्यान रहिरहने हुन्छ । अदुवाको बीउ उम्रिएको ३० देखि ४५ दिन वा १ महिना पछि ६ के।जी। युरिया मल प्रतिरोपनी वा ४ के।जी। प्रतिकठ्ठाको दरले राखी गोडमेल गर्नु पर्दछ । पूनः ९० देखि १०० दिनमा वा ३ महिना पछि दोस्रोपटक झारपात हटाइ ६ के।जी। युरिया मल प्रतिरोपनीका दरले राखी गोडमेल गर्नु पर्दछ ।
स्वस्थ बिरुवा र उत्पादकत्व बढाउन भिटामिन तथा सूक्ष्म मलखादको प्रयोग गर्नु पर्दछ । बिरुवा कमजोर देखिएमा एटोनिक ३ थोपा प्रतिलिटर पानीमा मिसाइ ३ देखि ४ दिनको फरकमा २ पटक छर्नु पर्दछ । गाई÷भँैसीको पिसाब सङ्कलन गरी ७ दिनसम्म कुहाएर एक भाग पिसाबमा ५ भाग पानी मिसाइ १५ देखि २० दिनको फरकमा छर्नाले बाली राम्रो हुने तथा रोग कीराको प्रकोप कम हुने गर्दछ ।
अदुवा खेतीको गोडमेल र सिँचाइ व्यवस्थापन
अदुवा बालीको उत्पादन राम्रोसँग लिन गोडमेल तथा सिँचाइको उपयुक्त व्यवस्थापन गर्नु पर्दछ । अदुवा कम्तीमा ३ पटक गोडाई कार्य गर्नु पर्दछ । पहिलो गोडाई कार्य रोपेको ३० देखि ३५ दिन पछि, दोस्रो गोडाई रोपेको ६० देखि ६५ दिनपछि र तेस्रो गोडाई अदुवा रोपेको ९० देखि ९५ दिन पछि गर्नु उपयुक्त हुन्छ । अदुवाको गानो ठूलो भएमा श्रावणदेखि भाद्र महिनामा पुरानो गानोको एक भाग निकालिन्छ, जसलाई ब्रुनी निकाल्ने भनिन्छ । अदुवालाई सुख्खा मौसममा रोपिने भएकोले गर्मी मौसममा सिँचाइको आवश्यकता पर्दछ । माटो सुख्खा देखिएमा पानी नजम्ने गरी आवश्कतानुसार सिँचाइ गर्नु पर्दछ । यदि सिँचाइको उपलब्धता छ भने गोडमेल गरी थप मल दिइसके पछि हल्का सिँचाइ दिनु पर्दछ । यसो गर्नाले माटोमा भएको खाद्यतत्व प्राप्त गर्न योग्य अवस्थामा पु¥याउन सहयोग गर्दछ ।
अदुवा खेतीमा लाग्ने रोग कीरा र तिनको व्यवस्थापन
अदुवालाई माटो मुनी बस्ने मुख्य गरी खुमे्र कीरा र रातो कमिला, धमिरा आदिले नोक्सान गर्दछन् । यी कीराहरु देखिनासाथ गाई÷भँैसी वा
अन्य जनावरहरुको पिसाब सङ्कलन गरी ७ दिनसम्म कुहाएर १ भाग मूत्रमा ३ देखि ४ भाग पानीमा मिसाएर बोटको फेद वरिपरि माटो
भिज्नेगरी छर्नु पर्दछ । माटोमुनी हानिकारक कीराहरु देखिने बित्तिकै डर्सवान वा मालाथियान धुलो नामका रासायनिक विषादीको झोल २
एम।एल। प्रतिलिटर पानी वा १ के।जि। प्रतिरोपनीका दरले बिरुवाको फेद वरिपरि माटोमा छर्नु पर्दछ ।
अदुवा बालीमा बोटको पातको टुप्पोबाट पहँेलिदै जाने, पातसँग जोडिएको डाँठ पानीले भिजेको जस्तो भएर गीलो हुँदै जाने र बिरुवा तान्दा सजिलै पातसँग छुट्टिएर आउने आदि जस्ता लक्षणहरु देखा परेमा गानो कुहिने रोग लागेको थाहा पाउनु पर्दछ । गानो कुहिने रोग लाग्नु पहिले नै सतर्कता अपनाउनु पर्दछ । रोग लागेको जमिनमा पुनः अदुवा लगाउनु हुँदैन र उपयुक्त घुम्ती बाली अपनाउनु पर्दछ । गानो उम्रिएको ७ देखि १० दिन भित्र २ ग्राम साफ वा राइनो एम। ४५ विषादी प्रतिलिटर पानीका दरले मिसाएर बेर्नाको फेद वरिपरी माटो भिज्ने गरी बेलुकी पख छर्नु पर्दछ । तर वर्षा शुरु भएपछि मात्र यो विषादी हाल्नु पर्दछ । पातमा थोप्ला÷थोप्ला देखिएमा पातको थोप्ले रोग लागेको हुन सक्दछ । यस्तो रोग देखिनासाथ साफ वा किसान एम। ४५ को ३ ग्राम प्रतिलिटर पानीका दरले छर्नु पर्दछ । यो विषादी श्रावण र भाद्र महिनामा २ पटक छर्नु पर्दछ । मिश्रित बालीमा यो रोगको प्रभाव कम
रहन्छ । अदुवामा लाग्ने रोग कीरा नियन्त्रणका लागि उपचार गरेको बीउ मात्र प्रयोग गर्नु पर्दछ ।
अदुवा बाली भित्र्याउने र बजार व्यवस्थापन
अदुवा बाली रोपेको ७ देखि ९ महिना पछि खन्नु पर्दछ । अदुवा खन्नु भन्दा १ हप्ता अगाडिदेखि सिँचाइ गर्नु हुँदैन । खन्ने बेलामा सिँचाइ गरेमा गानो कुहिने सम्भावना हुन्छ । अदुवा खन्नु भन्दा अगाडि जमिन माथि देखिएको हरियो भाग ७ देखि १० दिन अगाडि काटेर हटाइदिनु पर्दछ । जसले गर्दा भण्डारणको आयु लामो हुने गर्दछ । अदुवा खनि सकेपछि राम्रोसँग सफा गर्नु पर्दछ र जराहरु कैँचीले
काटेर हटाउनु पर्दछ । यसैगरी चोटपटक लागेको र गानोको आकार अनुसार छुट्टयाएर राख्नु पर्दछ । जसलाई स्तरीकरण वा ग्रेडिङ्
भनिन्छ । गे्रडिङ् गरिसके पछि क्युरिङ्का लागि छहारीमा केही समय छोड्नु पर्दछ । जसले गर्दा भण्डारनको आयु बढाउन सकिन्छ । अदुवा गे्रडिङ् गरिसके पछि जुटको बोरामा प्याकिङ् गर्नु पर्दछ तर यसलाई प्लाष्टिकले बोरामा प्याक गर्नु हुँदैन । यदि यसो गरेमा
अदुवा गुम्सिएर बिग्रने डर हुन्छ । व्यवस्थापन राम्रो भएमा एक रोपनी जग्गामा कपुरकोट— १ जातको अदुवाले १००० देखि १५०० के।जी। सम्म उत्पादन दिन सक्दछ ।

IFA  कृषि  App

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता
    यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
    स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

    एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

    निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता
    • एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता
    • निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु
    • २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.