Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

अनुराग मार्फत यसरि जम्दैछन फिल्म क्षेत्रमा सरोज पोखरेल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, ३०
अनुराग मार्फत  यसरि जम्दैछन फिल्म क्षेत्रमा सरोज पोखरेल

काठमाडौँ,

नेपालको सांगीतिक  क्षेत्रमा आबद्ध भएर दर्जनौ गीतमा संगीत दिएका सरोज पोखरेलले निर्माणाधीन चलचित्र ” अनुराग” मार्फत चलचित्र मा डेब्यु गरेको  “तिम्रो स्वरमा  स्वर  मिलाई …’ बोलको लिरिकल  भिडियो सार्वजनिक भएको छ ।  संगीतकार  सरोज पोखरेलले संगीत दिएको उक्त गित छोटो समयमा नै धेरैले रुचाइएकोले नेपाली फिल्म क्षेत्रमा नया प्रतिभाको आगमनले थप उर्जा प्राप्त हुने अनुमान गर्न सकिन्छ ।उक्त गीतमा शब्द  सत्य राज चौलागाईं को रहेको  छ भने नेपाल आइडलका प्रताप दास को आवाज रहेको छ ।

  बिगत १० वर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका पोखरेलले कलानिधि संगीत माहा बिद्यालयमा गुरु राम चन्द्र अन्जान संग  संगीत सिकेका हुन् भने प्रयाग  संगीत समिति इलाहाबाद ( इंडिया) बाट संगीत प्रभाकर समेत  गरेका छन । पोखरेलले चलचित्र ” अनुराग” मा तिनवटा गीतमा संगीत भरेका छन ।

 निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को वर्ष २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।‘अनुराग’मा नायिका  एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ । उक्त फिल्ममा लाइन  प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण  नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् |

फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ । उक्त लिरिकल  भिडियो ओ एस आर डिजिटल युट्युव चानल सार्वजनिक गरिएको  छ | लिरिकल  भिडियो लाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स