पोखरीमा यस्तो कलात्मक मुर्ति फेला परे पछि हेर्नेको भिड
सप्तरीको बोरिया गाविस ८ कट्टी टोलस्थित प्राचिन सार्वजनिक पोखरी उसराहीबाट एउटा कलात्मक विष्णु भगवानको मूर्ति फेला परेको छ ।
स्थानीय रामेश्वर महतोले सोमबार सो पोखरीबाट माटो खन्ने क्रममा करिब १० किलोको उक्त मूर्ती फेला परेका हुन ।
फेला परेको मूर्तीलाई मंगलबार मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहको अगुवाइमा आयोजित पत्रकार सम्मेलनमा स्थानीयहरुले सार्वजनिक गरेका छन् । मूर्ती सार्वजनिक पश्चात् सोही स्थानमा रहेको हनुमान मन्दिरमा तत्कालका लागि राखिएको केन्द्रिय सदस्य साहले जानकारी दिनुभयो ।
स्थानिय बिन्देश्वर महतोको संयोजकत्वमा गठित २१ सदस्यीय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिलाई सो मूर्ति जिम्मा लगाइएको केन्द्रिय सदस्य साहले जानकारी दिनुभयो । यस्तै नारायण ठाकुरको संयोजकत्वमा ११ सदस्यीय स्वयमसेवक समिति समेत गठन गरिएको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
