पोखरीमा यस्तो कलात्मक मुर्ति फेला परे पछि हेर्नेको भिड
सप्तरीको बोरिया गाविस ८ कट्टी टोलस्थित प्राचिन सार्वजनिक पोखरी उसराहीबाट एउटा कलात्मक विष्णु भगवानको मूर्ति फेला परेको छ ।
स्थानीय रामेश्वर महतोले सोमबार सो पोखरीबाट माटो खन्ने क्रममा करिब १० किलोको उक्त मूर्ती फेला परेका हुन ।
फेला परेको मूर्तीलाई मंगलबार मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहको अगुवाइमा आयोजित पत्रकार सम्मेलनमा स्थानीयहरुले सार्वजनिक गरेका छन् । मूर्ती सार्वजनिक पश्चात् सोही स्थानमा रहेको हनुमान मन्दिरमा तत्कालका लागि राखिएको केन्द्रिय सदस्य साहले जानकारी दिनुभयो ।
स्थानिय बिन्देश्वर महतोको संयोजकत्वमा गठित २१ सदस्यीय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिलाई सो मूर्ति जिम्मा लगाइएको केन्द्रिय सदस्य साहले जानकारी दिनुभयो । यस्तै नारायण ठाकुरको संयोजकत्वमा ११ सदस्यीय स्वयमसेवक समिति समेत गठन गरिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

