• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ असार २०८३, आइतबार
२८ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
  • २१ घण्टा 

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
  • २२ घण्टा 

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • १ दिन 

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने
  • १ दिन 

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • २ दिन 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • २ दिन 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २ दिन 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

  • २. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

  • ४. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • ५. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

  • ६. एशियन बैंकिङ एन्ड फाइनान्सबाट नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

  • ७. देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • ९. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

आजको राशिफल : फागुन १४ गते, मंगलबार

admin २०७५, फाल्गुन, १४

वि.सं.२०७५ साल फाल्गुन १४ गते । मङ्गलवार । इस्वी सन् २०१९ फेब्रुवरी २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

तिथि सप्तमी,०९ घडी १६ पला,बिहान १० बजेर १७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र अनुराधा,५३ घडी २१ पला । योग व्याघात,२३ घडी ०० पला,दिउँसो ०३ बजेर ४६ मिनेट उप्रान्त हर्षण ।

करण बब,बिहान १० बजेर १७ मिनेट उप्रान्त वालव,बेलुकी १० बजेर ०९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा बज्र योग । चन्द्र राशि वृश्चिक । अष्टमी व्रत। गोरखकाली पूजा।काठमाडौँमा सूर्योदय ०६ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान २८ घडी ३८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनी सँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य सूचना तथा घर परिवारका कुराहरू बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । पर्यटन तथा यात्रा सँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागि समयले साथ दिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै पनि प्रतिस्पर्धामा तपाईँको नमः अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरू सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तपाईँको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरूकै काममा समय बित्ने हुँदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरू छलफलका लागि ल्याउन सकिने भए पनि सहकर्मिहरुबाटनै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) पढाई लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यवसायबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिरानै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेम प्रशङमा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्त सँग मानमुटाव सिर्जना हुनेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विशिष्ट व्याक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रो पावरको लगानी फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले ।www.news24nepal.tv/2019/02/26/482373

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

ताजा

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.