फिल्म निर्मात्री साढे दुई महिनादेखि जेलमा, कारण छ रोचक
एजेन्सी । बलिउड फिल्म निर्मात्री पछिल्लो साढे दुई महिनादेखि जेलमा छिन् । यस मामलामा शनिबार मुम्बईको सेसन कोर्टले प्रेरणाको जमानत खारेज गरेको थियो । मुम्बई पुलिसको आर्थिक अपराध शाखा अर्थात् ईओडबल्यूले चार्जशीट फाइल गरेको छ जसमा अचम्मित पारिदिने तथ्य बाहिरिएको छ ।
पैसाले खरिद गरिन् बंगलाः
प्रेरणाको बैंक स्टेटमेन्टमा उनले विभिन्न व्यक्तिबाट पैसा लिएको स्पष्ट हुन्छ । ती पैसामध्ये ८ करोड भारु खण्डालामा सुनिल शेट्टी रियल स्टेट कम्पनीमार्फत् बंगला खरिद गर्न प्रयोग भयो । उक्त कम्पनीकी बोर्ड अफ डिरेक्टरमध्ये एक प्रोतिमाले पनि दुई करोड ८५ लाख भारु उक्त बंगलामा लगानी गरेकी थिइन् ।
जुत्ता र कपडामा खर्चः
प्रेरणाले विभिन्न ब्रान्डका जुत्ता, कपडा र पर्समा करोडौं उडाएकी छिन् । तीमध्ये ८८ लाख भारु जिमी चू ब्रान्डका थिए । यस्तै, ब्रान्डका सामानमा प्रेरणाले एक करोड ३८ लाख भारु खर्च गरिन् । थुप्रै पसलमा त उनले २९ लाख ४० हजार तिर्नै बाँकी छ । जेनेसिस ला मोडमार्फत् पनि प्रेरणाले ९२ लाख भारुको सपिङ गरिन् ।
नक्कली दस्तावेज पनि पाइन्ः
ईओडब्ल्यूले प्रेरणामाथि १ हजार १७६ पेजको चार्जशीट फाइल गरेको छ । प्रेरणासँग नक्कली ड्राइभिङ लाइसेन्स र दुई पासपोर्ट पनि पाइयो । ती दस्तावेजमा उनका तीन भिन्न जन्म मिति थिए । यी सबै आरोपमा प्रेरणाका वकिल रिजवान मर्चेटले कुनै प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


