काठमाडौं – केही सावधानी र घरेलु विधिले पनि ओठ फुट्नबाट बचाउन सकिन्छ ।केहि ओठ फुट्नबाट बचाउने घरेलु उपायहरु यसप्रकार छन्
१. पहिलो विधि भनेको ओठ चुस्ने वा चाट्ने वानी हटाउनु पर्छ ।
२. घरेलु उपचारमा ओठमा मह लगाउँदा ओठ फुट्दैन ।
३. घीउ र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नवाट बच्न सकिन्छ ।
४. पानी धेरै पिउनु पनि यो समस्याबाट बँच्ने उत्तम विधि हो ।
५. बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ ।
६. जाडोमा दैनिक सुन्तला र वदाम सेवन गर्नाले पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ ।
७. चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ ।
८. घरेलु विधि प्रयोग गर्दा पनि ओठ फुट्ने समस्या देखिएमा छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।
९. शरीरले प्राकृतिक रुपमा ओठमा तेल उत्पादन गर्ने प्रक्रियामा कमी आएर पनि ओठ फुट्न सक्छ ।swasthyakhabar.com