अब तलब लिन प्यान नम्बर अनिवार्य, यसरी लिन सकिन्छ प्यान कार्ड
साउन १, काठमाडौँ | आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । नयाँ आर्थिक बर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन ।
नयाँ आर्थिक बर्षसंगै प्यान कार्ड नभएका कर्मचारीको तलब प्राईभेट कम्पनी, फर्म तथा निकायले खर्चको रुपमा देखाउन पाउने छैनन् । सरकारले कुनै पनि कर्मचारीलाई तलब दिँदा बैङ्क खातामार्फत् तलब दिनुपर्ने भएकाले प्यान अनिवार्य भएको हो ।
प्यान कार्ड नलिएकाहरुले एक हजार रुपैयाँभन्दा माथिको तलब बैंकबाट लिनुपर्ने अनिवार्यता हुनेछ । एक हजार भन्दा कम लिंदा मात्र नगद कारोवार गर्न पाउनेछ ।
प्यान कसरी लिन सकिन्छ जान्नुहोस्
१. आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np मा जानुहोस्
२. होम पेजमा Taxpayer मा क्लिक गर्नुहोस र Registration मा क्लिक गर्नुहोस । त्यसपछि Application For Registration मा क्लिक गरी नाम थर भएको बक्समा आफ्नो नाम र थर लेखेर भर्नुहोस् ।

३. User Name मा आफूले सम्झने नाम राख्नुहोस् अनि Password हाल्नुहोस् र फेरि अर्को बक्स Re password मा राख्नुहोस् । आफ्नो सम्पर्क नम्बर र Email ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना IRO नम्बरमा खुलाउनुहोस् । त्यसपछि Ok बटनमा थिच्नुहोस् ।
४. अब तपाइको व्यक्तिगत विवरण माग्छ । सो अनुसार आफ्नो सम्पूर्ण विवरण भर्नुहोस्जा र Submit गर्नुहोस ।
५. Submit भएपछि Print थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।
६. उक्त प्रिन्ट कपि लिएर सम्बन्धित राजश्व कार्यालयमा जानुहोस् ।
७. राजश्व कार्यालयले तपाईंलाई विवरण जाँच गरेर Pan कार्ड दिनेछ । यो सबै प्रक्रिया निशुल्क हो । प्यान कार्ड लिन कुनै शुल्क तिर्नु पर्दैन ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु


