• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ७ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २४ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • २४ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १ दिन 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १ दिन 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १ दिन 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

अम्बा खेती गर्ने तरिका

admin २०७६, भाद्र, ११

अम्बा, Psidium (अङ्ग्रेजी: Guava, Poor man’s apple; अन्य नाम:अम्बक, बेलौती)  म्यारटेसी परिवार अन्तर्गत पर्ने फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुने यो पतझड वर्गको वनस्पति हो। अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाइएका पाइन्छन्, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ ।

अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ । अम्बालाई २३ डिग्री सेलसियसको तापक्रम र १००० देखि २००० मिलिलिटरको वार्षिक वर्षा आवश्यक पर्छ ।

नेपालमा हाल मुख्य रुपमा बैशाख-जेठमा फूल फुल्ने र साउन-भदौमा फल टिप्ने गरिन्छ जसलाई बर्षे अम्बा भनिन्छ । यी अम्बाको मूल्य कम हुनाको साथै त्यति स्वादिलो हुँदैन । जबकी हिउद याममा भारतबाट ठूलो मात्रामा हिउदे अम्बा महँगोमा खरिद गरिन्छ । तसर्थ अब हामीले हिउद (जाडो) याममा बेमौसमी अम्बा फलाउनुपर्छ ।

अम्बा कस्तो हावापानीमा हुने फलफूल बाली हो ?
अम्बाले उपोष्ण प्रदेशीय हावापानी रुचाएता पनि हिउदमा ठण्डा हुने उष्ण प्रदेशीय ठाउँहरुमा पनि यसको खेती सफलताकासाथ भई रहेको छ । यसले लामो समयसम्म तुसारो सहन सक्दैन तर राम्रोसंग फूल फुल्न र फल उत्पादन हुन हिउँदमा चिसो तापक्रमको आवश्यकता पर्दछ ।

अम्बा खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?
अम्बा खेती बलौटे, दोमट, चिम्टाईलो, रातो कालो सबै किसिमको माटोमा गनै सकिन्छ तर जमीनमा पानी जम्ने अवस्था भने सृजना हुनु हुदैन । समथतर जमीनमा पानीको निकासको ब्यवस्था राम्ररी मिलाउनु पर्दछ ।

अम्बाका बिरुवा कति दूरिमा लगाउँदा उचित हुन्छ ?
बिरुवाको दुरी कति कायम गर्ने भन्ने कुरामा बिरुवा प्रजनन् गरिएको तरीका, जात, माटोको उर्वरा शक्तिमा भरपर्दछ । साधारणतया ३ देखि ८ मिटरको दुरी भित्र बिरुवा लगाउनु पर्दछ ।

अम्बाको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाडल खन्नु पर्दछ ?
रेखाङ्कन गरी बिरुवा रोप्ने ठाउँ निश्चित गरिएको ठाउँमा १ घन मिटरको खाडल खनी १५–२० दिन खाडललाई सुक्न दिई त्यसपछि २०–२५ के.जी. कम्पोष्ट-गोबर मल मिलाएर खाडल पुर्नु पर्दछ ।

नेपालमा अम्बाका प्रचलित जातहरु कुन कुन हुन् ?
नेपालमा खेती भई रहेका प्रमुख जातहरुमा लखनऊ–४९, अलहावाद सफेद, वनारसी, चित्तिदार, केजी–१, रेड फ्लेस्ड, वेदना, स्थानीय आदि हुन ।

अम्बाको बिरुवा उत्पादन गर्न कुन–कुन विधि अपनाउ सकिन्छ ?
यसका बिरुवा बीउबाट, गुटी बाँधेर, ग्राफ्टीङ्ग, वडिङ्ग, स्टुलिङ्ग, कटिङ्ग आदि सबै विधिबाट उत्पादन गर्न सकिन्छ तर सफल विधिमा बीउबाट निकाल्ने र गुटी बाध्ने दुईवटा विधि हुन् । हाल नेपालमा गुटी बाँधेरनै बिरुवा उत्पादन गरिन्छ ।

अम्बाको बोटहरुमा कस्ता–कस्ता कीराहरुले सताउछन् ?
यसमा फलको औंसा, मिलिवग, कत्ले, बोक्रा तथा पात खाने झुसिल कीरा आदिले नोक्सान गर्दछन्। यिनीहरु मध्ये फलमा लाग्ने औंसा सबैभन्दा हानीकारक हुन्छ।

अम्बालाई ‘खटिरे’ रोग लागे के गर्ने ?

रोगले आक्रमण गरेका भागलाई हटाई जलाउनु र काटछाट गरेको ठाँउमा ‘वोर्डो पेष्ट’ बनाएर छर्कनु पर्दछ। जब माटोमा ‘क्याल्सियम’ र ‘बोरन’ को कमी हुन्छ तब यो रोग देखा पर्न सुरु गर्छ।

त्यसैले बेला बेलामा ‘क्याल्सियम नाईट्रेट’ र ‘बोरेक्स धुलो’ प्रयोग गर्नु पर्दछ। रोग सक्रमण को सुरुवातसँगै विरुवालाई १ प्रतिशतको ‘वोर्डेक्स मिक्स’ बनाएर पनि छर्न सकिन्छ। त्यस्तै लाइम सल्फर १५-१५ दिनको अन्तरमा ३-४ चोटी सम्म स्प्रे गरेर पनि यसको निदान गर्न सकिन्छ ।

स्रोत : कृषि तथा पशुपन्छी विकास मन्त्रालय
जलवायु प्रकोप समुत्थान निर्माण आयोजना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.