चन्द्रराशि– मेष, २८:१० बजेउप्रान्त वृष,सूर्योदय– ६:२३ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २७ घडी १ पला। व्रत/पर्व-पूर्णिमा व्रत, कार्तिकस्नान तथा चतुर्मास व्रत समाप्ति, मन्वादि, सकिमना पुन्ही, थानकोटको वाणस्थलीमा त्रिवेणी स्नान, बराहक्षेत्रमा धार्मिक मेला समाप्ति।,डोटीको सिलगढीमा शैलेश्वरी जाँत, त्रिपुरोत्सव, निम्बार्काचार्य जयन्ती, गुरुनानक जयन्ती, सर्वार्थसिद्धि योग २१:५० बजेपछि।
जय गुरु देव !! जय भोले बाबा !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको – पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २६, मंगलबार, इ.स. २०१९ नोभेम्बर १२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, पूर्णिमा, १९:०४ उप्रान्त प्रतिपदा,नक्षत्र– भरणी, २१:५० बजेउप्रान्त कृत्तिका, योग– व्यतीपात, १२:२२ बजेउप्रान्त वरियान्, करण– भद्रा, ६:३३ बजेदेखि वव, १९:०४ बजेउप्रान्त वालव, आनन्दादिमा मुसल योग, चन्द्रराशि– मेष, २८:१० बजेउप्रान्त वृष,सूर्योदय– ६:२३ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २७ घडी १ पला। व्रत/पर्व-पूर्णिमा व्रत, कार्तिकस्नान तथा चतुर्मास व्रत समाप्ति, मन्वादि, सकिमना पुन्ही, थानकोटको वाणस्थलीमा त्रिवेणी स्नान, बराहक्षेत्रमा धार्मिक मेला समाप्ति।,डोटीको सिलगढीमा शैलेश्वरी जाँत, त्रिपुरोत्सव, निम्बार्काचार्य जयन्ती, गुरुनानक जयन्ती, सर्वार्थसिद्धि योग २१:५० बजेपछि।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २७, बुधबार, इ.स. २०१९ नोभेम्बर १३, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलागा, मार्ग कृष्णपक्ष, प्रतिपदा, १९:४४ उप्रान्त द्वितीया, नक्षत्र– कृत्तिका, २२:५९ बजेउप्रान्त रोहिणी, योग– वरियान्, ११:५१ बजेउप्रान्त परिघ, करण– वालव, ७:२८ बजेदेखि कौलव, १९:४४ बजेउप्रान्त तैतिल, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– वृष, सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २६ घडी ८ पला।व्रत/पर्व – सर्वार्थसिद्धि योग अहोरात्र, त्रिजटालाई अर्घ्य दिने दिवस, थानकोटमा महालक्ष्मी यात्रा।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ, आजको शुभ अंक ४ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,काममा लगानी बढाउने समय छ, बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ,अाफन्तबाट टाढिनुपर्ला,आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
कीर्तिमानी काम गर्ने समय छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला,समस्या थपिन सक्छन्, सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ, स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, उपचारमा खर्च हुने योग छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, प्रतिस्पर्धी परास्त होलान्,सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक १० रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला,शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक ३ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ, धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक १ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ,शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ,पारमा पनि प्रशस्त फाइदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,भौतिक साधन जोड्ने समय छ,सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ,साँझदेखि केही अप्ठ्यारा परिस्थिति अाउन सक्छन्, सचेत हुनुहाेला,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,मुद्दा–मामिलामा विजयी भइनेछ, माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ, पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, आजको शुभ अंक ११ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ,मुद्दा–मामिलामा विजयी भइनेछ,आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ, आजको शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला,माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ,आजको शुभ अंक २ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)