चन्द्रराशि– वृष, सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ५ पला। विश्व मधुमेह दिवस।
जय गुरु देव !! जय श्री राम !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको – पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २८, बिहीबार, इ.स. २०१९ नोभेम्बर १४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलागा, मार्ग कृष्णपक्ष द्वितीया, १९:५३ उप्रान्त तृतीया, नक्षत्र– रोहिणी, २३:३९ बजेउप्रान्त मृगशिरा, योग– परिघ, १०:५७ बजेउप्रान्त शिव, करण– तैतिल, ७:५३ बजेदेखि गर, १९:५३ बजेउप्रान्त वणिज, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– वृष, सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ५ पला। विश्व मधुमेह दिवस।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २९, शुक्रबार, इ.स. २०१९ नोभेम्बर १५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलागा, मार्ग कृष्णपक्ष, तृतीया, १९:३१ उप्रान्त चतुर्थी, नक्षत्र– मृगशिरा, २३:५० बजेउप्रान्त आर्द्रा, योग– शिव, ९:३८ बजेउप्रान्त सिद्ध, करण– वणिज, ७:४६ बजेदेखि भद्रा, १९:३१ बजेउप्रान्त वव, आनन्दादिमा मानस योग, चन्द्रराशि– वृष, ११:४८ बजेउप्रान्त मिथुन,सूर्योदय– ६:२५ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी २ पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आजको शुभ अंक १ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,रोजगारीमा सफलता मिल्ने छ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक २ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,व्यापार व्यवसाय मध्यम रहेको छ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,आजको शुभ अंक ५ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आजको सुभ अंक ४ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
टाढाको यात्रा सम्भावना छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ , शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विश्वासको वातावरण बन्नेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ , माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको सुभ अंक ८ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मानसम्मानमा बृद्धि हुनेछ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्, बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक १० रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीको लागि आजको दिन राम्रो छ,आजको शुभ अंक ५ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)