चन्द्रराशि– कुम्भ, १३:४० बजेउप्रान्त मीन,सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ४ पला। पञ्चक। व्रत/पर्व-पाँगास्थित वैष्णवी देवी यात्रा, धनगढीमा दुर्गा जाँत, डोटीमा पोखरी जाँत।
जय गुरु देव !! जय माँ बंगलामुखी !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको पञ्चाङ्ग–
वि.सं. २०७६ मंसिर १९, बिहीबार, इ.स. २०१९ डिसेम्बर ५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, नवमी, २७:२९ उप्रान्त दशमी, नक्षत्र– पूर्वभाद्रपदा, २०:२० बजेउप्रान्त उत्तरभाद्रपदा, योग– वज्र, १६:४५ बजेउप्रान्त सिद्धि, करण– वालव, १४:२३ बजेदेखि कौलव, २७:२९ बजेउप्रान्त तैतिल, आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– कुम्भ, १३:४० बजेउप्रान्त मीन,सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ४ पला। पञ्चक। व्रत/पर्व-पाँगास्थित वैष्णवी देवी यात्रा, धनगढीमा दुर्गा जाँत, डोटीमा पोखरी जाँत।
भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ मंसिर २७, शुक्रबार,इ.स. २०१९ डिसेम्बर १३, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष, प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया, नक्षत्र– मृगशिरा, ७:३७ बजेउप्रान्त आर्द्रा, योग– शुभ, १३:५५ बजेउप्रान्त शुक्ल, करण– कौलव, १०:३९ बजेदेखि तैतिल, २२:१७ बजेउप्रान्त गर, आनन्दादिमा मानस योग, चन्द्रराशि– मिथुन, सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ४ पला। कोसी-कोका संगममा धार्मिक मेला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,खर्च गरे अनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,सामानहरू छुट्ने/हराउने सम्भावना छ, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,नोकारीमा समस्या आउनेछ,विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,आजको शुभ अंक १ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ, कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सचेत रहनुहोला,व्यापारमा अवरोध आउने,समस्याहरू धेरै आउनेछन्,योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,यात्रामा अवरोध हुने,आजको शुभ अंक ७ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भ्रमण,समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ, मित्रता गाँस्नेहरूले सताउन सक्छ,झुटा आरोप पनि लाग्नेछन्, कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,आजको शुभ अंक ९ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,संयम एवं बोलीको मधुरताले,सम्झना लायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ, भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ, आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,सचेत रहनुहोस,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक ११ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
गोपनीयतामा ध्यान दिनुहोला,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त बीच अविश्वास बढ्ला,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आलश्य पनि दूर हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, गोपनीयतामा ध्यान दिनुहोला,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,आजको शुभ अंक १० रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)