• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ९ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २३ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २४ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

भगवान श्रीकृष्णलाई आखिर यी चिज किन भयो प्यारो ?

admin २०७६, पुष, ७

काठमाडौं । भगवान श्रीकृष्ण द्वापरयुगका भगवान् हुन् । श्रीकृष्णलाई केही वस्तुहरु निकै प्यारा थिए । जुन वस्तुहरुबाट उनी कहिल्यै टाढा रहेनन् । भगवान श्रीकृष्णका लागि अत्यन्तै मनपर्ने वस्तुहरुमा गाई, मख्खन, मयूरको प्वाँख र बाँसुरी हुन् । आखिर भगवान श्रीकृष्णलाई यी चिज किन प्यारो भए त ?

बाँसुरी
भगवान श्रीकृष्णलाई बाँसुरी अत्यन्तै प्रिय छ । किनकी बाँसुरीमा तीन गुणहरु हुन्छन् । पहिलो बाँसुरी भित्र आँख्ला हुँदैन जसले संकेत गर्छ आफुभित्र कुनै गाठो वा आँख्ला झै भाव नराख्नुहोस् । अर्थात मनमा बदलाको भाव नराख्नुहोस् । दोश्रो बाँसुरी नबजाई आफै बज्दैन । यसले अनावश्यक बोल्न वा विचार राख्न नहुने संकेत गर्छ । र तेश्रो बाँसुरी बज्दा मधुर तथा मिठो बज्दछ । यसले जब हामी बोल्छौं तब मीठो बोल्नुपर्ने संकेत गर्छ । यतिधेरै गुण सम्पन्न बाँसुरी भगवान श्रीकृष्णलाई मात्र होइन अब सवैलाई नै प्यारो लाग्छ । त्यसैले श्रीकृष्ण भगवाले बाँसुरीलाई सधैँ आफ्नो साथमा राख्ने गर्दथे ।

गाई
भगवान श्रीकृष्णलाई गाई पनि अत्यन्तै मनपर्ने जनावर थियो । यसको कारण यो हो कि गाई सबै कार्यका लागी उदार तथा समस्त गुणयुक्त मानिन्छ । गाईको गहुँत, गोबर, दूध, दही र घ्युलाई पञ्चगव्य मानिन्छ । मान्यता अनुसार यी वस्तुको सेवन गर्नाले शरीरको भित्र कुनै पनि पाप रहँदैन । साथै गाईको मात्र प्रदक्षिणा गरी प्रणाम गर्नाले सबै पापबाट मुक्ति मिल्ने तथा अक्षय स्वर्ग प्राप्त हुने विश्वास गरिन्छ । तसर्थ भगवान् श्रीकृष्णलाई गाई पनि निकै प्यारो लाग्ने गर्दथ्यो ।

मयूरको प्वाँख
भगवान् श्रीकृष्णको टाउकोमा मयूरको प्वाँख सधैँ हुन्थ्यो । मयूरलाई चिर ब्रह्मचर्य युक्त प्राणी मानिन्छ । प्रेममा सदैव ब्रह्मचर्ययुक्त महान् भावनालाई समाहित गर्ने प्रतिकका रुपमा श्रीकृष्ण मयूरको प्वाँख धारण गर्ने शास्त्रमा उल्लेख गरिएको छ । श्रीकृष्णले मुकुटमा धारण गर्ने गाढा रंगको मयूरको प्वाँखले दुःख र कठिनाई निवारण गर्ने र फिक्का रंगको भए सुख, शान्ति र समृद्धिको प्रतिक मानिन्छ । त्यसैले श्रीकृष्णले मयूर प्वाँख प्रिय मानेर धारण गर्थे ।

कमलको फूल
कमलको फूल भगवान् श्रीकृष्णको सवैभन्दा बढी मनपर्ने फूल थियो । यसको सुन्दरता र सुगन्धले सबैको मन मोहित पार्ने गर्दछ । कमलको फूल हिलोमा फुल्दछ र यसले हिलोबाटै पोषण लिने गर्दछ । तर फूल सधैँ हिलोबाट अलग अर्थात माथि रहने गर्दछ । त्यसैले कमललाई पवित्रताको प्रतिक मानिन्छ । साथै कमलले यो सकेंत गर्दछ कि हामीले कठिनाईमा बाँचेर पनि सांसारिक र आध्यात्मिक जीवनमा सुखपूर्ण बाच्न जान्नुपर्दछ । त्यसैले श्रीकृष्णलाई कमलको फुल प्यारो लाग्थ्यो ।

मख्खन र मिश्री
श्रीकृष्णलाई मख्खन र मिश्री अति प्रिय लाग्दथ्यो । मिश्रीको स्वाद मख्खनमा मिलाएपछि मख्खनको मिठास अझ बढ्दछ । मख्खन आफैमा पनि स्वाद र पोषणयुक्त हुन्छ जसलाई मिश्रीले झन् मिठासपूर्ण बनाउने गर्दछ । मिश्री मख्खनको कणकणमा घोलिएर मख्खनको प्रत्येक हिस्सालाई अमृत समान स्वादिलो बनाउँछ । मिश्रीयुक्त मख्खनले जीवन र व्यवहारमा प्रेमलाई अपनाउनु पर्ने सन्देश दिने गर्दछ । त्यसैले भगवान् श्रीकृष्णलाई मख्खर र मिश्री निकै प्रिय रहने गरेको शास्त्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.