Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

सोमबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, १३
सोमबारको राशिफल

जय गुरु देव !! जय भोले बाबा !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको पञ्चाङ्ग–
वि.सं. २०७६ पुस १४, सोमबार, इ.स. २०१९ डिसेम्बर ३०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, चतुर्थी, १३:०९ उप्रान्त पञ्चमी, नक्षत्र– धनिष्ठा, २२:३६ बजेउप्रान्त शतभिषा, योग– वज्र, २०:५६ बजेउप्रान्त सिद्धि, करण– भद्रा, १३:०९ बजेदेखि वव, २६:०० बजेउप्रान्त वालव, आनन्दादिमा शुभ योग,चन्द्रराशि– मकर, ९:३२ बजेउप्रान्त कुम्भ,सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २५ घडी ३ पला। धनिष्ठा–पञ्चक ९:३२ बजे प्रारम्भ।

भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ पुस १५, मंगलबार, इ.स. २०१९ डिसेम्बर ३१, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, पञ्चमी, १४:५६ उप्रान्त षष्ठी, नक्षत्र– शतभिषा, २४:५७ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– सिद्धि, २१:१३ बजेउप्रान्त व्यतीपात, करण– वालव, १४:५६ बजेदेखि कौलव, २७:५६ बजेउप्रान्त तैतिल, आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २५ घडी ३ पला। पञ्चक। तमू ल्होछार। सन् २०१९ समाप्ति।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,प्रतिस्पर्धामा पनि विजयी भइनेछ, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,टाढिएका साथीभाइ नजिकिनेछन्,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आम्दानी प्रशस्तै बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ, आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्,विभिन्न सहयोग र उपहार पाइनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पारमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

Top Changing Nepal

युट्युब सट्स