पुस १८,शुक्रबारको राशिफल
जय गुरु देव !! जय माँ सन्तोषी !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको पञ्चाङ्ग–
वि.सं. २०७६ पुस १८, शुक्रबार, इ.स. २०२० जनवरी ३, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, अष्टमी, २१:१८ उप्रान्त नवमी, नक्षत्र– रेवती, ३२:३८ बजेउप्रान्त अश्विनी, योग– परिघ, २२:४१ बजेउप्रान्त शिव, करण– भद्रा, ८:१५ बजेदेखि वव, २१:१८ बजेउप्रान्त वालव, आनन्दादिमा श्रीवत्स योग, चन्द्रराशि– मीन, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:१९ बजे र दिनमान २५ घडी ६ पला। पञ्चक।व्रत/पर्व – अष्टमी व्रत, गाेरखकाली पूजा, श्रीश्वेतमत्स्येन्द्रनाथ स्नान, जनवहाद्यन्हव, सर्वार्थसिद्धि योग ८:१५ बजेदेखि।
भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ पुस १९, शनिबार, इ.स. २०२० जनवरी ४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, नवमी, २३:१३ उप्रान्त दशमी, नक्षत्र– रेवती, ८:३८ बजेउप्रान्त अश्विनी, योग– शिव, २२:५९ बजेउप्रान्त सिद्ध, करण– वालव, १०:१८ बजेदेखि कौलव, २३:१३ बजेउप्रान्त तैतिल, आनन्दादिमा धाता योग, चन्द्रराशि– मीन, ८:३८ बजेउप्रान्त मेष, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२० बजे र दिनमान २५ घडी ८ पला। पञ्चक ८:३८ बजे समाप्ति।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला,पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,शत्रुहरू किनारा लाग्नेछन्,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानी बढ्नेछ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, अतिथिका रूपमा सम्मान पाइने समय छ,रमाइलो यात्राको समेत मौका छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्,आजको शुभ अंक २ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला,पढाइमा प्रगति हुनेछ, आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ११ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्,केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक ६ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ७ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,काम बिग्रने डरले पनि सताइरहनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
कीर्तिमानी काम गर्ने समय छ,धेरै लगानीपछि कममात्र फाइदा हुनेछ, समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,मन पर्ने वस्त्र,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला,ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,तर यथार्थमा लाभ भने कमै मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, उत्साहमा अलि कमी आउला,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पढाइमा प्रगति हुनेछ,व्यवसायका लागि यात्रा सम्भावना छ,साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ,आजको शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
भाग्य बलवान् भएकाले अरूको हातमा गइसकेको धन फिर्ता हुन सक्छ,व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ, स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,आजको शुभ अंक १ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


