Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

चक्रव्यूहमा अभिमन्यु नमारिएको भए के हुन्थ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, १९
चक्रव्यूहमा अभिमन्यु नमारिएको भए के हुन्थ्यो
अभिमन्यु हिन्दुहरुको पौराणिक कथा महाभारतको एक महत्वपूर्ण पात्र, पूरु कुलको राजा तथा पञ्च पाण्डवहरूमध्ये अर्जुनका पुत्र थिए । चंद्र देवताको पुत्र मानिने अभिमन्यु महाभारतको नायक अर्जुन र सुभद्राका पुत्र तथा बलराम र कृष्णका भान्जा पनि थिए । कथामा उनको कारुणिक अन्त चक्रव्यूहमा भएको छल र चक्रव्यूहबाट निस्किन नसकेर भएको देखाइएको छ ।

बाल्यकाल आफ्नो मामाघर द्वारकामा बिताएका उनले आफ्नो माताको कोखमा रहँदा नै पिता अर्जुनको मुखबाट सम्पूर्ण युद्ध विद्यासँगै चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए । तर आमा सुभद्रा बिचैमा निदाएपछि उनले चक्रव्यूह भन्दा बाहिर आउने विधि सुन्न पाएका थिएनन् । उनको यो कमजोरीको फाइदा उठाउँदै कौरव पक्षका सबै महारथी युद्धको मापदण्डहरूलाई भुलाएर उक्त बालक माथि बर्सिए ।

कौरव पक्षले युद्धको मापदण्डहरु नाघेर अभिमन्युको मृत्युपछि महाभारतको पुरै युद्धले नयाँ मोड लिएको थियो । अभिमन्युको अन्तले युद्धमा छल कप्टको प्रवेश भएको अनुमान गरिएको छ । यदि छलको प्रयोग बिना अभिमन्युले वीरगति प्राप्त गरेको भए युद्ध पूर्ण रुपमा मापदण्ड अनुसार सम्पन्न हुन् थियो होला । युद्ध मापदण्डअनुसार लडाई गरिरहेका सम्पूर्ण पाँच पाण्डवहरुको जीवन धरापमा पर्ने सम्भावना प्रवल थियो । एक पक्षले नियम तोडेपछि अर्काेले पनि नियम पालना गर्न आवश्यक भएन र उनीहरुले पनि छल गर्न सुरु गरे ।

अभिमन्युको विवाह महाराज विराटकी छोरी उत्तरासँग भएको थियो । परीक्षित अभिमन्युको मृत्युपछि जन्मेको छोरा हुन् जसले युद्धको समाप्तिपछि पाण्डव वंशलाई अगाडि बढाए । अभिमन्युको संसारबाट सधैको लागि सबैलाई छोडेर जाँदा उनकी पत्नी गर्भवती थिइन् ।

Top Changing Nepal

युट्युब सट्स