शुक्रबार चन्द्र ग्रहण लाग्दै, कुन राशिलाई कस्तो लाभ ?
काठमाडौं । शुक्रबार पुस २५ गते सन् २०२० कै पहिलो ग्रहण चन्द्र ग्रहण लाग्दैछ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् । जसमध्ये शुक्रबार लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो । शुक्रबार लाग्ने चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ । यसपटकको चन्द्र ग्रहण नेपालसँगै भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ ।
२०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन् । यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ । ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ । यस ग्रहणमा मिथ्न राशिले विशेष ध्यान दिन आवश्यक हुने ज्योतिषले बताएका छन् । यसपटकको चन्द्र ग्रहण उपछायाँ ग्रहण हुनेछ । जसमा चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छायाँ पृथ्वीमाथि पर्नेछ । आंशिक छायाँ चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले यसलाई स्पष्ट रुपमा देख्न सकिँदैन ।
चन्द्र ग्रहणको असर र फल
शुभ फल : कुम्भ, तुला, मीन, कर्कट
मध्यम फल : मेष, कन्या, मिथुन, सिंह
अशुभ फल : मकर, वृश्चिक, वृष, धनु
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

