Jankari Kendra
१६ आश्विन २०८३, शुक्रबार
Worldlink

जब बीमा रकम लिन युवतीले काटिन आफ्नै हात

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, फाल्गुन, १९
जब बीमा रकम लिन युवतीले काटिन आफ्नै हात

एजेन्सी । बीमाको झुठो दाबी रकम पाउन मानिसहरुले विभिन्न हतकण्डा अपनाउने गरेको हामीले सुन्दै आएका छौं । तर, यसका लागि कसैले आफ्नै हातै काट्ला त ? स्लोभेनियामा एक युवतीले झुठो बीमा दाबी गर्न आफ्नै हात काटेको त्यहाँको प्रहरीले आरोप लगाएको भन्दै समाचार संस्था बीबीसीले समाचार छापेको छ । समाचारमा उक्त युवतिको नाम भने खुलाइएको छैन । २१ वर्षिय सो युवतीले परिवारका सदस्यहरुसँग मिलेर आराले आफ्नो हात काटेको दाबी प्रहरीले गरेको छ ।

अहिले सो युवती र उनको परिवारका सदस्यलाई प्रहरी हिरासतमा राखिएको छ । आरोप पूष्टि भएमा उनीहरुले ८ वर्षसम्म जेल सजाय हुन सक्छ । यो घटनापछि आरोपीहरुले दूर्घटना बीमाको भुक्तानी लिएको प्रहरीको भनाइ छ । उक्त युवतीले क्षति पूर्तिबापत करीब ४ लाख यूरो लिन सक्ने छिन् । बीमा पोलिसी अन्तर्गत उनले हरेक महीना करीब ३ हजार यूरो पनि पाउनेछिन् । यो घटनामा दोषी रहेको आशंकामा यस वर्षको शुरुमै प्रहरीले परिवारका चार सदस्यलाई पक्राउ गरेको थियो । तर, पछि उनीहरुमध्ये दुईलाई छाडिएको थियो ।

सो समूहले आफ्नै घरमा उक्त युवतिको नाडीभन्दा तलको भाग काटेको प्रहरीको भनाइ छ । घटनापछि आफन्तले सो युवतिलाई अस्पताल पनि लगेका थियो । तर, अस्पतालमा भने उनीहरुले रुखका हाँगाहरु काट्ने क्रममा आरा (करौंती) ले हात काटेको बताइयो । अधिकारीका अनुसार हातको काटिएको हिस्सालाई अस्पतालमा नलगेर घरमै छाडिएको थियो । स्थायीरुपमै अपांग भएको भनेर बीमाको रकम दाबी गर्न उनीहरुले यस्तो गरेका थिए । तर, अधिकारीहरुले समयमा नै काटिएको हिस्सा फेला पारेर हातमा जोडिदिएका थिए ।

Top Changing Nepal

युट्युब सट्स