सुत्नुअघि यस्तो खाने बानीले निद्रामा बाधा हुन्छ
काठमाडौं: सुत्नुअघि खाइने खानेकुराले निद्रामा फरक पार्छ । निदाउन कठिन भइरहेको छ वा गहिरो निद्रा परिरहेको छैन भने तपाईँको खानपानमा ध्यान दिनुपर्ने हुनसक्छ । यहाँ निद्रामा बाधा पुयाउने केही खानेकुराका बारे जानौँ ।
अधिक कफिन
एक अध्ययनका अनुसार सुत्नुभन्दा ६ घण्टा पहिले उपभोग गरिएको कफिन पनि निद्रामा असर गर्छ । दिमागमा निद्राको जानकारी गराउने एडिनोसाइन नामक केमिकललाई कफिनले प्रभाव पार्छ । यस्तो कफी, चिया, पेय पदार्थ, चकलेट तथा इनर्जी ड्रिंक्सलगायतमा पाइन्छ ।
हेभी खाना
चाँडै पचाउन गाह्रो हुने हेभी खानाले पनि निद्रामा नकारात्मक असर गर्छ । बोसोयुक्त खानेकुरा खानाले सुत्नमा अप्ठ्यारो हुने हुन्छ । त्यसैले यस्तो खानेकुरा सुत्नुभन्दा दुई घण्टाअघि खानु राम्रो हुन्छ ।
अधिक चिनी
आवश्यकता भन्दा बढी चिनी खानाले पनि निद्रामा प्रभाव पर्छ । अध्ययनका अनुसार बढी गुलियो राखिएको खानाले निद्रामा गडबडी गर्छ ।
मसलेदार खाना
बढी मसलेदार खानेकुराले पनि निद्रा राम्रोसँग लाग्दैन । यसले मुटु सम्बन्धी रोगमा टेवा पु¥याउँछ । धेरै पिरो भएमा पेट तथा मुटु पोल्ने हुन्छ । यसले निद्रामा गडबडी हुन्छ ।
मदिरा
एक गिलाससम्म वाइन पिउनाले निद्रा लागे पनि यसले बीचमा निद्रा खलबलाउन सक्छ । आधा रातमा पिसाब लाग्ने, बान्ता हुन सक्ने, टाउको दुख्ने आदि समस्या हुन सक्छ ।
धेरै पेय पदार्थ सेवन
सुत्नुपूर्व धेरै पेय पदार्थ सेवन गर्दा निद्रामा गडबडी हुन सक्छ । सौच गर्न पटकपटक उठ्नुपर्ने अवस्था सिर्जना हुने भएकाले सुत्नुअघि धेरै पेय पदार्थ सेवन गर्नु पनि निद्राका लागि खराब हुन सक्छ ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

