भारतीय कम्पनी बायोटेकको खोपलाई नेपालमा अनुमति
काठमाडौं । औषधि व्यवस्था विभागले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पान गरेको कोरोनाविरुद्धको खोपलाई नेपालमा प्रयोगको लागि अनुमति दिइएको छ । विभागले शुक्रबार उक्त कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको ‘कोभ्याक्सिन’ नामक खोपलाई नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो । सो खोपलाई भारतले पनि आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको र अन्य देशहरुमा पनि प्रयोग भइसकेको छ । विभागले औषधि तथा खोप सम्बन्धी कार्यविधिको परिधि भित्र रहेर सो कम्पनीको खोपलाई आकस्मिक प्रयोगको लागि अनुमति दिएको हो ।
सो खोप निजी क्षेत्रले खरिद गरेर नेपाल ल्याउने तयारी समेत गरिरहेका छन् । यसअघि भारतकै सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेको भ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगको अनुमति पाएका थिए । कोभ्याक्सिन नामको कोरोना विरुद्धको खोप पनि दुई मात्रामा लगाउनुपर्छ । यो भ्याक्सिनको पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनु पर्ने विभागको भनाइ छ । यस्तै यो भ्याक्सिनलाई उत्पादन मितिले ६ महिनासम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

