कोरोनाका कारण नपुंसकता देखियो : रोम युनिभर्सिटीको शोध
हालै भएको एक अनुसन्धानमा कोरोना संक्रमणपछि सेक्स हर्मोनको स्तरमा गिरावट आएको पाइएको छ । कोरोना संक्रमणका कारण पुरुषको पुरुषत्वमा असर परिरहेको उक्त अनुसन्धानले बताएको छ । नयाँ शोधका अनुसार पुरुषको प्रजनन क्षमतामा ह्रास आएको पाइएको छ । कोरोनाका कारण पुरुषको उत्तेजनामा कमी आउने मामिला पनि देखिएको छ ।
डेलिमेलका अनुसार रोम युनिभर्सिटीले कोरोना संक्रमित सय पुरुषमा गरेको सर्वेक्षणमा आश्चर्यलाग्दो नतिजा देखिएको छ । सर्भेमा सम्मिलित पुरुषहरुको औसत आयु ३३ वर्ष रहेको थियो। शोधमा २८ प्रतिशत पुरुषमा उत्तेजनाको समस्या पाइएको पनि डाक्टरले बताएका छन् ।
यसको अर्थ ती पुरुष नपुसंकता वा आंशिक नपुसंकता इरेक्टाइल डिस्फङ्सन तर्फ अघि बढिरहेका छन् । उनीहरु शारीरिक सम्पर्कसमेत गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
वैज्ञानिकका अनुसार कोरोना संक्रमणबाट महिलाको तुलनामा १।७ प्रतिशत अधिक पुरुषको निधन भएको थियो । यति मात्र नभई कोरोना भाइरसले ह्वाइट ब्लड सेलमा असर पुर्याउने भएका कारण रोग प्रतिरोधी क्षमतामा पनि कमी देखिएको छ भने रगत पनि बाक्लो भइरहेको छ ।
शोधका अनुसार रगत बाक्लो भएका कारण पुरुष जनेन्द्रीयको समस्या पनि देखा परिरहेको छ । यसका साथै, एस्ट्रोजोन तथा टेस्टोस्टेरोन हार्मोन्समा पनि असर परिरहेको छ । टेस्टोस्टेरोनमा असर देखिएका कारण श्वास सम्बन्धी समस्या पनि देखा परिरहेको छ । कोरोनाका कारण महिलाहरुमा पनि समस्या देखा परिरहेको छ । टेस्टोस्टेरोन लेभल घटेका कारण महिलाहरुमा मासिक धर्मको समस्या देखा परिरहेको छ । भने समय भन्दा पहिले मेनोपज ९रजनोवृत्ति० को पनि खतरा बढेको छ ।
सम्बन्धित समाचार
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

