सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्ट
डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो। भारतबाटै चैत १४ गते फर्किएका डँडेलधुराको परशुराम नगरपालिका–४ का ३१ वर्षका पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का २२ वर्षका पुरुषको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो। नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरियन्टको कोरोना भेटिएको छ। ‘प्रदेश सरकारले २० जनाको नमुनामा फरक भेरियन्टको कोरोना छ कि छैन भनेर नमुना जाँचका लागि भन्यो। हामीले २० जनाको स्वाबको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायौं’, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड स्रोत व्यक्ति नरेन्द्रसिंह कार्कीले भने ।उनले भने, ‘त्यहाँ ३ जनामा फरक भेरियन्टको कोरोना पुष्टि भएको भन्ने खबर आएको छ।’
तर उनले कुन भेरियन्टको कोरोना हो भनेर अझै रिपोर्ट नआएको बताए। ‘भारतमा ४ भेरियन्टका कोरोना भेटिएका छन्। त्यसमा पनि यूके भेरियन्ट सबैभन्दा बढी छ। नेपालमा पनि यूके भेरियन्टको कोरोना यसअघि नै पुष्टि भइसकेको छ’, उनले भने, ‘तर, सीमा नाकाबाट फर्केका नेपालीहरूमा फरक कोरोना देखिएपछि, भेरियन्ट भने अझै थाहा हुन सकेको छैन।’उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विदेश पठाएको नमुनाको रिपोर्ट भने अझै पठाइनसकेको बताए। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रिपार्ट पठाएको छैन। केमिकल उपलब्ध भए नेपालमै पनि फरक भेरियन्टको जाँच गर्न सकिने कुरा आएको थियो। तर, ३ जनाको नमुना विदेश पठाउने तयारी गरिएको थियो’, उनले भने, ‘हामी रिपोर्ट कुरिरहेका छौं।’
सुदूरपश्चिम प्रदेश सरकारले भारतका महाराष्ट्र, पञ्जाब र नयाँदिल्लीलाई कोरोनाको हटस्पोटको श्रेणीमा राखेको छ। ती तीनै ठाउँबाट आउनेहरूको नाकामै एन्टिजेन परीक्षण भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट
सम्बन्धित समाचार
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

